हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार

हङकङमा सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ । दुई महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न गोली प्रहार गरिएको बताइएको छ । भिक्टोरिया पार्कमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यस्तै प्रहरी र प्रदर्शनकारीबीच भएको झडप नियन्त्रणका लागि अश्रु ग्याससमेत...

सुडानमा बाढीका कारण ६२ जनाको मृत्यु, दुई लाख परिवार बिस्थापित

सुडानमा भारी बर्षापछि आएको बाढीका कारण ६२ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार ३७ हजार भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । १५ राज्यका दुई लाख परिवार बिस्थापित भएका छन् । बाढीले सयौं चौपायाहरुसमेत बगाएको छ । बाढीका कारण यातायात सेवा अवरुद्ध हुनुका साथै कतिपय राज्यमा बिजुली आपूर्तिसमेत बन्द भएको छ । बाढी प्रभावितलाई सुरक्षित...

आचार्य बालकृष्ण अस्पताल भर्ना

पतञ्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णलाई अस्पताल भर्ना गरिएको छ। पतञ्जलीको केन्द्रीय कार्यालय हरिद्वारमा शुक्रबार साँझ अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। आचार्य बालकृष्ण टाउको दुखाइका कारण बेहोस भएको र त्यहाँको एम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ। अस्पतालले भने उनको सबै रिपोर्टहरु हेरेर अवस्था सामान्य रहेको बताएको छ। योग गुरु रामदेवका सहयोगीका रुपमा रहेका आचार्य...

पूर्वमन्त्री तथा भाजपाका वरिष्ठ नेता अरुण जेटलीको निधन

भारतका पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । उनको दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । मध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले जनाएको छ । ...

पाकिस्तानी सैन्य प्रमुख बाजवाको कार्यकाल ३ वर्ष थप

भारतीय संविधानमा काश्मीरबारे विशेष व्यवस्था भएको धारा ३७० लाई खारेज गरिएपछि भारत(पाकिस्तानबीच राजनीतिक विवाद चलिरहेका समय पाकिस्तानी सैन्य प्रमुखको कार्यकाल आगामी तीन वर्षका लागि थप गरिएको पाकिस्तानी अधिकारीले सोमबार बताएका छन्। भारतले काश्मीरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय र अमेरिकी प्रशासनले शान्ति सम्झौता गरी अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता लान खोजिरहेका समय पाकिस्तानले आफ्ना सैन्य प्रमुख...

हङकङमा २ महिनादेखिको सरकार विरोधी प्रदर्शन जारी, प्रदर्शन नरोकिए चिनियाँ सेना परिचालन गर्ने तयारी

हङकङमा दुई महिनादेखिको सरकार विरोधी प्रदर्शन जारी रहँदा चिनियाँ सेना परिचालन गर्ने तयारी गरिएको छ । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज...

इरानी तेल ट्याङ्कर पक्राउ गर्ने अमेरिकी आग्रह जिब्राल्टारद्वारा अस्वीकार

सिरियाका लागि तेल ओसारिरहेको आशंकामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ । ग्रेस वान पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रबार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो । अहिले उक्त पानीजहाज बन्दरगाहा छाड्दै भूमध्यसागरको उत्तरतर्फ अगाडि बढिरहेको बताइएको छ । इरानविरूद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु नहुने भन्दै...

अफगानिस्तानमा हमला, ६३ जनाको मृत्यु 

अप्mगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा आत्मघाती बम बिस्फोट गराइदा कम्तिमा ६३ जना मारिएका छन् । घटनामा १ सय ८० जना घाइते भएको अधिकारीहरुले बताएका छन् । सिया मुस्लिमहरुको बाहुल्यता रहेको उक्त क्षेत्रमा गराईएको विष्फोटको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । अफ्गानिस्तानमा प्रायः आतंकवादी हमलामा सक्रिय रहने तालिवान लडाकुले समेत यो घटनामा आफ्नो संलग्नता अस्विकार...

सुडानमा शक्ति बाँडफाँडको सम्झौता, सुडानमा शान्ति छाउने अपेक्षा

सुडानको सत्तारुढ मिलिटरी काउन्सिल र नागरिक प्रतिनिधिको रुपमा रहेको विपक्षी गठबन्धनबीच शक्ति बाँडफाँड सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । चुनाव र नागरिक सरकार बनाउनका लागि नयाँ गभर्निङ काउन्सिल बनाउन दुवै पक्ष सहमत भएका छन् । सुडानको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा लिने गरिएका सैनिक शासक मोहम्मद हम्दान हेमेटी डागोलोले सम्झौतामा रहेका विषय पालना गर्न आफू तयार...

कश्मीरमा आंशिक रूपमा फोन र जम्मूमा इन्टरनेट सुरु

भारत प्रशासित ‍कश्मीरमा १२ दिनदेखि बन्द गरिएको फोन सेवा आंशिक रूपमा सुरु गरिएको छ। जम्मूका पाँच जिल्लामा टुजी सेवासहितको इन्टरनेट सेवा सुरू गरिएको छ। कश्मीर उपत्यकामा अहिले ल्यान्डलाईन सेवा मात्र सुचारु भएको छ। अहिलेसम्म १७ वटा टेलिफोन एक्सचेन्ज सुरु भएका छन्। बाँकी सबै टेलिफोन लाईन आइतवार साँझबाट सुरु गर्ने भनिएको छ। अगस्ट ५ यता भारत प्रशासित...

उत्तर कोरियाले छोडेन मिसाइल प्रक्षेपण गर्न, शान्ति वार्ताको सम्भावना नरहेको स्पष्टोक्ति

उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता प्रस्तावलाई अस्वीकार गरेको छ । दक्षिणको गतिविधिकै कारण उसँग वार्ताको सम्भावना नरहेको उत्तर कोरियाले स्पष्ट पारेको छ । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ । दक्षिण कोरिया र अमेरिकाले हाल संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । जसबाट उत्तर कोरिया रुष्ट बनेको छ ।...

रुसमा रकेट बिस्फोट, पाँच जना न्युक्लियर इन्जिनियर मारिए

रुसमा रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ । विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको हो । राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन्...

पहिरोले घर भत्कीदा श्रीमतीको मृत्यु, छोरी र श्रीमान घाईते

बझाङ जिल्लाको केदार स्यँ गाँउपालिका वडा नम्बर ८ टोटकामा...

मन्त्रीपरिषद बैठक प्रति कमल थापाकोे कटाक्ष

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो...

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकः कसरी गरिन्छ बैठक ? हेर्नुहोस्

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा...

भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका...

नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...