गेटा मेडिकल कलेजलाई विज्ञान प्रतिस्ठान वनाउनु पर्छ – स्वास्थ्यमन्त्री

कैलाली
संचार गृह/ बुधबार, माघ ८, २०७६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिशस्ठान बनाउनुपर्नेमा जोड दिएका छन् ।

शिक्षा मन्त्रालय मातहत रही निर्माणधिन गेटा मेडिकल कलेजको निरिक्षणका क्रममा मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालय माथहत राखी प्रतिस्ठान बनाउनुपर्ने मन्त्रि ढकालले जोड दिएका हुन् ।

मन्त्री ढकालले मेडिकल कलेजको भौतिक प्रगती शन्तोसजनक रहेकाले थप यसको विकासमा सहयोग हुने विश्वास दिलाए । हरेक प्रदेशमा एक÷एक वटा प्रतिस्ठान बनाउने सरकारको लक्ष अनुसार गेटा मेडिकल कलेजलाई प्रतिस्ठाननै बनाउनुपर्ने उनको जोड थियो ।

स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको मन्त्री ढकालले बताए । सरकारले बिनियोजन गरेको रकम समयमै खर्च गरे सरकारले पनि आवश्यक्ताका आधारमा थप बजेट बिनियोजन गर्ने मन्त्री ढकालले बताए ।

गेटा मेडिकल कलेजको भौतिक प्रगती हेर्दा आश लाग्दो देखिएकाले सरकार जुनसुकै सहयोग गर्न पछि नहड्ने उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले बताए ।

गेटा मेडिकल कलेजको भौतिक प्रगती करिब ७० प्रतिशत सम्पन्न भएको मेडिकल कलेज पुर्वाधार निर्माण समितिले जनाएको छ । शिक्षा मन्त्रालय माथहतको मेडिकल पुर्वाधार निर्माण समिति भएकाले हाललाई पुर्वाधार निर्माणको मात्रै काम टुङ्गिएको मेडिकल कलेज पुर्वाधार बिकास समितिका कार्यकारी निर्देशक भिमबहादुर साउदले बताए ।