मंगलबार नेप्सेमा सामान्य बृद्धि

काठमाडौं
संचार गृह/ मङ्लबार, माघ ७, २०७६

मंगलबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य बृद्धि भएको छ ।

मंगलबार नेप्से सूचक ३.३६ अंकले बढेर १३२०.४७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ०.९० अंकले बढेर २८४.४३ विन्दुमा पुगेको छ । यस दिन १८३ वटा कम्पनीको ४४ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख रुपैयाँमा १३ हजार ७९७ पटक कारोबार भयो ।

अघिल्लो दिन सोमबार १ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा कारोबार रकम ४८ करोड रुपैयाँले घटेको छ। नेप्से सूचक अघिल्लो दिन उच्च अंकले घटेकोमा मंगलबार फेरि बढेको छ।

यस दिन कारोबारमा आएका १२ उप समूहमध्ये ६ वटा उपसमुहका सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ वटा उपसमूहका सूचक नकारात्मक देखिएका छन्।

यस दिन हिमालयन डिस्टीलरीको पनि १० करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआइसी एशियाको ९ करोड ४६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड २० लाख र शिवम सिमेन्ट्सको ५ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार गुँरास लाइफ सहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन गुँरास लाइफको शेयरमूल्य ९.८२ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई बैंकको ९.७५ प्रतिशत र पाँचथर पावर कम्पनीको शेयरमूल्य ९.५२ प्रतिशतले बढेको छ।

त्यस्तै स्पर्श लघुवित्त, सामुदायिक लघुवित्त, कालिका पावर, वेष्ट फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि उच्च रुपले बढेको छ।

यता एनआइसी एशिया ग्रोथ फण्ड, आइसीएफसी फाइनान्स, महुली सामुदायिक लघुवित्तको शेयरमूल्य भने उच्च रुपले घटेको छ।

एनआइसी एशिया ग्रोथ फण्डको इकाइमूल्य ६.४८ प्रतिशतले घटेको छ भने आइसीएफसी फाइनान्सको, ६.०७ प्रतिशत, महुली सामुदायिकको ५.९४ प्रतिशत, सिनर्जी पावरको ५.६६ प्रतिशत र युनिभर्सल पावरको शेयरमूल्य ५.१२ प्रतिशतले घटेको छ।

मंगलबार ज्योति ग्रुपको स्याकार कम्पनीले हिमालयन बैंकमा रहेको संस्थापक शेयर बिक्री गर्दा मंगलबार बैंकको संस्थापक शेयरको उच्च कारोबार भएको छ।