सडक किनारामा सालनालसहितको शिशुको शव फेला

झापा
संचार गृह/ सोमवार, माघ ६, २०७६

झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा आज बिहान सालनालसहितको शिशु मृत फेला परेको छ ।

बर्मेली टोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ ।

स्थानीयले खबर गरे लगत्तै इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीले शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनले स्थानीयको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।