बिना शल्यक्रिया पाठेघरमा रहेको ट्युमर मेडिसिटी अस्पतालमा उपचार गरियो

संचार गृह/ शनिबार, भदौ २८, २०७६

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलो पटक पाठेघरमा भएको फाइबरलाई युटेराइनआर्टरी कोइम्बोलाइजेसन गरी उपचार गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओम बिजु पन्तले यस किसिमको अभ्यास नेपालमा यसअघि नभएको र पहिलो पटक सफल भएको समेत बताएका छन् ।
सफल इम्बोलाइजेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. रामकुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. ओम बिजु पन्त , एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराई र डा. हेमन्त अधिकारी संलग्न रहेका थिए ।

साधारणतया शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने गरिदै आइएकोमा इम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउदै लैजाने काम गर्दछ ।

यो प्रक्रिया ३७ वर्षिय महिलामा गरिएको हो जसमा बहुसंख्यामा ट्युमर देखिएको थियो ।
पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्क्रिय पार्ने यो पद्धतिलाई युटेराइनआर्टरी इम्बोलाइजेसन भनिन्छ ।