माग्ने बालबालिकालाई नियन्त्रणमा लिंदै सरकार, अधिकाँश भारतीय

काठमाडौं
संचार गृह/ शनिबार, भदौ २८, २०७६

काठमाडौंका सडकहरुमा माग्दै हिड्ने बालबालिकालाई प्रहरीको खोजतलास समन्वय केन्द्रले नियन्त्रणमा लिन शुरु गरेको छ ।

नियन्त्रणमा लिइएका अधिकांश बालबालिका भारतीय मूलका छन् । जसमा एकै परिवारका दिदी बहिनी र दिदी भाइ रहेको पाइएको छ ।

विभिन्न ठाउँमा अलग अलग बसेर माग्ने गरेका यिनीहरुले हातमा पर्चा लिने र सोही पर्चाकै आधारमा माग्ने गरेका थिए ।

उनीहरुले बसपार्क र भीडभाड हुने ठाउँलाई माग्ने थलोको रुपमा प्रयोग गर्दै आएका थिए । प्रहरीले नियन्त्रणमा लिइएकाहरुले परिवार पाल्नका लागि माग्ने गरेको बताएका छन् ।

नियन्त्रणमा लिइएकाहरुलाई सम्झाइ बुझाइ परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

शहरमा माग्नेहरुको संख्या कम गरी दूर्घटना न्यूनीकरणमा सघाउ पुर्याउन भन्दै समन्वय केन्द्रले सडकमा माग्ने बालबालिकाकालाई नियन्त्रणमा लिने अभियान नै चलाएको छ ।