होसियार ! दैवले दिएको पितृले हर्लान् !

सुरेन्द्रप्रसादपौडयाल
संचार गृह/ शनिबार, भदौ २८, २०७६
(आध्यात्मपरक चौबीसौं सृङ्खलाको प्रस्तुति)

मान्छेले आफ्ना पितृ पूर्वजबाट कल्याणकारी आशीर्वादको चाहना राखेका हुन्छन् । त्यो प्राप्तगर्न श्रद्धासाथ पितृ पुज्ने कार्यमा संलग्नपनि हुन्छन् । संसारमा अनेक जाति, धर्म, समुदायमा रित परम्परा अनुसार अनेक जातजातिसम्प्रदाय छन् । त्यसैले पितृ पुज्नेतौर तरिका सबैको आ–आफ्नै खालको हुने नै भयो । अनिएक वर्गको पितृ पुज्ने कार्य अर्कोवर्गसंङ्ग फरक फरक हुने ने भयो । तथापिकुनै न कुनै तरिकाबाट सवैले आफ्ना पितृलाई श्रद्धासाथ स्मरण नमनभने अवस्यै गर्छन् । हिन्दु परम्परामा आफ्ना पितृउपर सदैव श्रद्धाभाव रहे पनिखासगरी कुलदेवता एवं देववली पूजनको समय, आफ्ना बाबु वाजे मरेको बार्षिक तिथिका दिन, पितृ पक्षमासोह्र श्राद्धको अवसर, तीर्थ गएको अनुकूल समय, विवाह, व्रतवन्ध, श्रीमदभागवत् सप्ताह जस्ता ठूला उत्शवको पूर्वअङ्ग जस्ता समयमाभने विशेषरुपले पितृ पुज्ने हुन्छन् ।

जरा र फेदकै आधारमा रुखमा नयाँ नयाँ पालुवा पलाउँदै जाने हो । यसै अनुरुप तल्कालीन अवस्थामा हाम्रा पूर्वजहरु भएकै कारणले अहिले हामी छौं । हाम्रो अस्तित्व छ । हामो दुनियाँ छ । तथापि अहिले उनीहरु हामीबाट अल्पि सकेका छन् । यसो हुँदा उनीहरु अहिले प्रत्यक्ष रुपमा देख्नमा आउँदैनन् । यसो भएपनि उनीहरु थिएनन् भन्न मिल्ने अवस्था रहन्न । मतलव, देख्नमा नआए पनि उनीहरुलाई नकार्न मिल्दैन । किनकि पितृ भनेको नदेखिने सत्यता हो । त्यही सत्यताका कारण उनीहरु श्रद्धेय हुने नै भए ।यही सत्यतालाई स्वीकारेर नै मरेर गएका आ–आफ्ना बाबु आमा एवं बाजे बज्यै जस्ता पितृहरुको श्राद्ध गर्ने चलन रहेको हो । अनि उनीहरुलाई पुज्ने शुभ समयको लागि निश्चित तिथि स्मरण गर्ने हो । यसै कार्यलाई श्राद्ध भनियो । श्राद्धमा विशेषतःतर्पण दिने, उनीहरुको प्रतिक स्वरुप पिण्ड पूजागर्ने चलन रही आएको छ ।

जनमानसले पिण्डलाई पितृको खानाको मान्यता राखेका हुन्छन् । तथापि पिण्डलाई हातमा बटारेर डल्लो एवं चिल्लो पारी पूजनको लागि यथा स्थानमा राखिन्छ । सो क्रममा पिण्डमा पूजापनि हुन्छ । त्यसैले पिण्डलाई पितृको प्रतिकको रुपमा लिने मान्यता प्रमुख हो । किनकि पितृहरु ऋतुको रुपमा यसै लोकमा विचरण गर्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ । श्राद्धमा बसन्त पूजा पनि हुन्छ । यस्तो पूजामा क्रमैसंग बसन्त ऋतुबाट सुरु गरी छवटै ऋतुको पूजा हुन्छ । यसैले यस्तो पूजालाई बसन्त पूजा भनिएको हो । अतःपिण्ड भनेको पितृलाई श्रद्धासाथ सम्झने र पूज्ने प्रतीक हो । पिण्डलाई आवाहन गरेर जसरी श्रद्धासाथ पूजा गरिन्छ त्यसैगरी पूजाको समाप्ति पश्चात् यसलाई यथास्थानमा सेलाएर विसर्जन पनि हुन्छ । पिण्ड सेलाउनु भनेको तत्काल सोको प्रयोजन समाप्तिको संकेत हो ।

पिता–पितृ हुनेक्रम र जहां जन्म त्यहां मृत्युको क्रम अवस्यंभावी कुरा हो । एति भएपनि हे प्रभू ! हाम्रो आयु भने विचैमा नटुटोस् ।१ यस्तो अकाट्य धुर्वसत्य कुरालाई कसैले नकार्ने स्थिति पनि रहन्न । यसलाई मान्यता नदिनु भनेको विपरित बुद्धि हो ।

हामीबाट आज जसरी पितृमाआस्था एवं श्रद्धासाथ पुज्ने कार्य भई आएको छ त्यसरी नै तीपितृले पनि आफु बाँच्दाको अवस्थामा उनीहरुभन्दा माथिका पुस्तालाई पुज्दै आएको क्रमहो । त्यसैले यो निरन्तर प्रकृया हो । आफ्ना नजिक पुस्ताका पितृलाई श्रद्धासाथ एकमुष्ट संझने अवसरको रुपमा सोह्र श्राद्ध गर्ने परंपरा रही आएको छ । त्यस्तै कुलदेवताको पूजागर्ने चलन पनि त्यत्तिकै छ । कुल देवताको पूजामा आफ्ना पितृ पूर्वजलाई पुज्ने कार्यका साथै विशेषतःकुलले पुज्दै आएका देवतालाई पनि पुजिन्छ । त्यसैले कुल देवताको पूजा भनियो । कूल अनुसार पुजिने देवतापनि फरक फरक हुन्छन् । जेहोस्, यो क्रम निरन्तर प्रकृया हो ।

किनकि आजका हामी कालान्तरमा त्यही पितृस्वरुपमा स्थापित हुन्छौं । यो अकाट्य प्राकृतिक नियम हो । धुर्व सत्य हो । ऋकवेदमा एउटा कामनाजन्य स्तुति छ । त्यसले यही कुरालाई संकेत गरेको छ । सो अनुसार आजको पुत्रभोली पिता–पितृ हुनेक्रम र जहां जन्म त्यहां मृत्युको क्रम अवस्यंभावी कुरा हो । एति भएपनि हे प्रभू ! हाम्रो आयु भने विचैमा नटुटोस् ।१ यस्तो अकाट्य धुर्वसत्य कुरालाई कसैले नकार्ने स्थिति पनि रहन्न । यसलाई मान्यता नदिनु भनेको विपरित बुद्धि हो । विपरित मन–बुद्धि हुनु भनेको अनेक ठक्कर खाएर आफुलाई विचलनमा पार्ने र तड्पने स्थितिको सृजनामा बल पुर्‍याउनु हो । दैवले दिएको पितृले हर्छ भन्ने लोकोक्ति त्यसै चल्दै आएको होइन । यस्ता कुरामा गहन भाव छिपेको हुन्छ ।

पूर्वजको आकार छैन । निराकार छ । विश्वास गर्न गाह्रो छ । त्यसको लागि चिन्तन मनन् गर्नुपर्छ । हाम्रो शास्त्रको मूलग्रन्थ भनेकै वेद हो । वेदमै समेत श्राद्धको प्रशङ्ग ठाउँ ठाउँमा रहेको छ । जवकि वेद सृष्टिको सूरुमै आएको कुरा वेदमै उल्लेख छ । २ त्यसैले श्राद्ध परम्परा सनातनकालदेखि चलिआएको हो । वेदमा पितृलाई नमस्कार गर्ने मन्त्र पनि छ । सो अनुसार यस धरतिबाट चलेर गएका जतिपनि नयाँ वा पूराना पितृ लगायत अरु जति पनि ज्ञात अज्ञात पितृ पूर्वज जुन जुन लोकमा जे जस्तो स्थान र स्वरुपमा अवस्थित हुनुहुन्छ, त्यस्ता सवैलाई मेरो नमस्कार छ । ३ त्यस्तै कठोपनिषद्मामा उल्लेख भएको वेदको अर्को एउटा मन्त्र पनि यहाँ सान्दर्भिक हुन आउँछ ।

जीवन के हो, जीव के हो, जन्म के हो, मृत्यु के हो, आत्मा के हो, परमात्मा के हो, जगत के हो, प्रकृति के हो, सुख के हो, दुःख के हो र यी सबका सब कुुुन प्रकृयाबाट कसरी चलेको छ भन्ने बुझ्न खोज्नुपर्छ ।

सो अनुसार उक्त उपनिषद्मा परेका परम् गुढ र रहस्यमय तत्वज्ञान मूलक प्रस्तुतिलाई जो व्यक्तिले पूर्णतः शुद्ध हृदयबाट ब्रह्म जिज्ञासु सभामा वा श्राद्धको समयमा उपस्थित ब्राह्मणहरु सामु पाठ गर्छ या भाव सुनाउँछ भने त्यस्तो व्यक्ति अनन्त अर्थात् व्यापक फल प्राप्त गर्नमा समर्थ हुन्छ ।४ जसरी पितृ पूर्वजहरु निराकार हुन् त्यसैगरी परमात्मा पनि निराकार हुन् । तथापि पितृहरु परमात्माका दायराभन्दा बाहिर भने होइनन् । यिनका पूजनबाट आँखाले नदेखिने सत्यताको बोध हुन्छ । एत्तिहो, आँखाबाट नदेखिने तर होइन भन्न नसकिने यस्ता तत्वलाई अनुभूत गर्न आँखा चिम्लिनु पर्छ । ध्यानबाट मनलाई चित्तमा लय गराउनु पर्छ । अनि अनुभूतिमा आउँछ । सबैकुरा प्रष्ट हुन्छ ।

वंशावली उनै पूर्वजहरुदेखि वर्तमानसम्मकालाई जोड्ने क्रमगत फेहरिस्त हो । त्यसमा मरेर गएका लगायत हाल भएका र जति जन्मिदै जान्छन् तिनीहरु पनि थपिंदै जान्छन् । त्यसैले यो टुंगिने प्रकृया होइन । निरन्तर बढ्दै जाने कु्रा हो ।मुख्यतःजीवन के हो, जीव के हो, जन्म के हो, मृत्यु के हो, आत्मा के हो, परमात्मा के हो, जगत के हो, प्रकृति के हो, सुख के हो, दुःख के हो र यी सबका सब कुुुन प्रकृयाबाट कसरी चलेको छ भन्ने बुझ्न खोज्नुपर्छ ।

यसो भए हाम्रा पूर्वजहरु पनि त्यही सेरोफेरोमै परेर पितृ भएका हुन् भन्ने रहस्य खुल्ने हुन्छ । अनिमात्र सत्यताबोध हुन्छ । यथार्थता खुल्छ । यी सबैको अधिष्ठान परमात्मा हुन् । संसार नै परमात्माको अस्तित्व बुझाउने व्याख्या उपव्याव्याको प्रस्तुति हो भनेर वेदले संकेत गरेको छ ।५ यसरी नियाल्दै गरेर अहिले बाँचेका र मरेर गएकाहरुको वारे पनि दृष्टि दिनु पर्छ । अनि आफ्नो यथार्थता अझ प्रष्ट हुन्छ ।६ भगवानले स्कूल कलेजको परिकल्पना गरेर संसार रचेको होइन । त्यसैले यस्ता रहस्यमय कुराहरु बाहिरी अध्ययनबाट खुल्न सकदैनन् । यहाँ सुख दुःख, रोदन हाँसो, लाभ हानी, तेरो मेरो, रोग निरोग, धनी गरिव, विद्धता मुख्र्याईं, खिचातानी प्रतिष्पर्धा, भाग्यदुर्भाग्य, धर्म पाप, प्रशन्नता खिन्नता जस्ता अनेक अनेक अवस्थाको जालो भित्र हामी छौं । त्यो जालो नियालेर सार निकाल्न खोज्ने हो भने केही फेला पर्दैन ।

भुलभुलैया मात्रबाँकी रहन्छ । अतःभित्रभित्रै यथार्थताको सारभूततत्व पत्ता लगाउन कोशिस गर्नु पर्छ । त्यस्तो यथार्थता भित्रै आफ्ना पितृ पूर्वजहरु अनुभूतिमा मिल्ने हुन्छ । नगर्न पर्ने या नगरे पनि हुने क्रियाकलापहरु छुट्दै जान्छन् ।गर्नै पर्नेमा मात्र केन्द्रित हुने बानी वस्छ । अस्थिर मन स्थिर हुन्छ । चिडचिडे मन संयमित हुन्छ । किनकि त्यहाँ मन तृप्त हुन्छ । शान्त हुन्छ । स्थिर हुन्छ । जे जस्तो प्राप्तव्य छ त्यसैमा र आउने बानी बस्छ । अभाव केहीको खट्कन्न । मतलव, मनको सम्पन्नता हुन्छ । त्यो नै जीवनको पूर्णताहो । त्यही पूर्णतालाई वेदले भूमा भन्यो । सोही पूर्णतामै परम् सुखको अनुभूति हुन्छ ।७ शास्वत सुख त्यही हो । आध्यात्मिक जगतमा त्यो राम्रो पक्ष मानिन्छ । परमात्माको भगवत् कृपा त्यस्तैमा रहन्छ । पितृहरु पनि रमाउने अवस्था रहन्छ । उनीहरुको आशीर्वाद त्यस्तैमा निहित हुन्छ । यस्ता कुरा कुनै पुस्तक पढेको भरमा होइन, मननबाट भित्री अनुभूतिमा उतार्न सकिने हुन्छ । इति ।।

द्रष्टव्यः यो प्रस्तुति परमात्म ज्ञानसंग सम्बन्धितभएकोले सम्भवभएसम्म सेयर गरेर ज्ञानका कुरा फैलाउनुमा सवैको कल्याण हुनेछ ।
सन्दर्भाधार:–
१– शतमिन्नु शरदो अन्ति देवायत्रानश्चक्रा जरसं तनूनाम् । पुत्रासो यत्रपितरो भवन्तिमानो मध्या रीरिषतायुर्गन्तोः ।।ऋकवेद
२– यो ब्रह्माणं विदधातिपूर्वंं यो वै वेदांश्च प्रहिणोति तस्मै ।श्वेतास्वेतरोपनिषद्
३– इदं पितृभ्यो नमो अस्त्वद्य ये पूर्वासो य उपरास ईयुः । ये पार्थिवे रजस्यानिषता ये वानूनं सुवृजनासु विक्षु ।।ऋकवेद
४– य इमं परमं गुह्यं श्रावयेद् ब्रह्मसंसदि । प्रयतःश्राद्धकाले वातदानन्त्यायकल्पते ।।कठो.
५– सर्वं तस्योपव्याख्यानं भूतं भवद्भविष्यदिति सर्वमोङ्कार एव ।माण्डूक्योेपनिषद्
६– अनुपश्ययथापूर्वे प्रतिपश्यतथापरे । सस्यमिवमत्र्यः पच्यते सस्यमिवाजायते पुनः ।।कठोपनिषद्
७– यो वै भूमातत्सुखं नाल्पे सुखमस्ति ।छान्दोग्योपनिषद्