बुधबार पनि शेयर बजारमा गिरावट

काठमाडौं
संचार गृह/ बुधबार, भदौ २५, २०७६

शेयर बजार बुधबार पनि ओरालो लागेको छ । आइतबारदेखि नै ओरालो लाग्न थालेको नेप्से सूचक चार दिनमा २७.८५ अंकले तल झरेको हो।

आइतबार दोहोरो अंकले घटेको शेयर बजारमा लगातार चारै दिन गिरावट देखिएको हो। आइतबार १२.६१ अंकले घटेको नैप्से सूचक सोमबार ९.५४ अंक, मंगलबार २.२४ अंक र बुधबार ३.४६ अंकले घटेर ११६३.२१ बिन्दुमा झरेको छ ।

शेयर बजारमा मापक नेप्से सूचक घटेपनि बुधबार कारोबार रकम भने अघिल्लो दिन मंगलबारको तुलनामा ११ करोड रुपैयाँले बढेको छ ।

यस दिन १७१ कम्पनीका १५ लाख ३ हजार ९२८ कित्ता शेयर ३४ करोड १९ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका ४० कम्पनीको मात्र शेयरमूल्य मात्र सामान्य बढेको छ भने ८९ कम्पनीको घटेको छ । ३६ कम्पनीको स्थिर रह्यो।

कारोबारमा आएका १२ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ भने अन्य ११ वटा उपसमूहको सूचक नकारात्मक बनेका छन्।