प्रधानमन्त्री ओली ज्ञानेन्द्र जस्तै तानासाह भए : देउवा

सुनसरी
संचार गृह/ बुधबार, भदौ २५, २०७६

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै तानाशाही भएको आरोप लगाएका छन् ।

बुधवार सुनसरीको धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै देउवाले ओली नेतृत्वको सरकार तत्काल नसच्चिए ज्ञानेन्द्रको जस्तै हालत बनाई दिने चेतावनी दिएका छन् ।

सभापति देउवाले देश संघियतामा गइसकेको अवस्थामा जनताका सम्पूर्ण हक अधिकार खोसेर ओलीले कम्युनिष्ट शासनका नाममा तानासाह ल्याएको आरोप लगाए । संविधानले नै सिंहदरवारका सबै अधिकार प्रत्यक स्थानिय तहलाई दिएको भएपनी ओली सरकारले जनताका अधिकारहरु सिंहदरवारमा मात्र केन्द्रित गरेको उनको आरोप थियो ।

देउवाले दुईतिहाई बहुमतको दम्भका कारण ओली सरकारको मनोमानी बढेको भन्दै ओली सरकारलाई ठेगान लगाउन कांग्रेसले देशभर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

उनले सरकारले न्यापालिका र मानव अधिकार आयोग जस्तो पवित्र संबैधानिक निकायमा हस्तक्षेप गरेर कानुनको ठाडो उंलघंन गरेको बताए । हिजो पूर्व राजा ज्ञानेन्द्रले तानासाह देखाउदा कस्तो हालत भयो, अब ओली र कम्निष्टहरुको हालत पनि त्यस्तै हुनेछ देउवाले भने ।

देउवाले ओली प्रधानमन्त्री बनेदेखि नै देश हत्या,हिंसा, बलत्कार र भष्ट्रचारका घटनामा बृद्धि भएको भन्दै सरकार विरुद्ध आन्दोलनको अर्को विकल्प नभएको बताएका छन् । उनले ओली सरकारको तानासाह विरुद्धको आन्दोलनमा उत्रनका लागि कार्यकर्ताहरुलाई तयारी हुन समेत निर्देशन दिएका छन् ।

देउवाले धरानमा हुन लागेको मंसिर १४ गतेको मेयरको उपनिर्वाचनमा काग्रेस उमेद्वारलार्य मत दिएर विजयी गराउन समेत धरानवासी समक्ष आग्रह गरेका छन् । काँंग्रेसले जितेमात्र धरानको विकास हुने देउवाको भनाइ थियो ।