महेश काफ्लेको दोस्रो प्रस्तुति माया बिरानी सार्वजनिक

काठमाडौं
संचार गृह/ बुधबार, भदौ २५, २०७६

नेपाली गीत संगीतको क्षेत्रमा नाच फिरिरिुबाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको माया बिरानी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

जि २१ डिजिटलको प्रस्तुती समेत रहेको उक्त म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द र सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ । असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।