चितवन मेडिकल कलेजले भन्योः वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार छौं

चितवन
संचार गृह/ बुधबार, भदौ २५, २०७६

चितवन मेडिकल कलेजले सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ ।

कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी गर्दै कलेजसँग सम्बन्धित मागमा वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार भएको बताइएको छ । यस्तै विद्यार्थीहरुले उठाएका मागहरु कलेज प्रशासनभन्दा बढी सरकार र सरकारी निकायसँग सम्बन्धित भएको प्रमुख प्रशासक देवकोटाले बताए ।

यस्तै बिज्ञप्तिमै चितवन मेडिकल कलेज प्रशासन विद्यार्थी आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ ।

जारी आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।