धनगढीबाट पाँच जना पक्राउ, पक्राउ परेका सबै लागुऔषध ओसार प्रसारमा संलग्न

कैलाली
संचार गृह/ बुधबार, भदौ २५, २०७६

कैलालीको धनगढी उपमहानगरपालिकाका बिभिन्न स्थानबाट लागुऔषध ओसार प्रसारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर १० जुगेडाबाट मंगलबार वडा नम्बर ३ बोराडाडी बस्ने २६ बर्षिय राम राना र सोहि ठाउँ बस्ने १८ बर्षिय सुनिल रानालाई से ६ प ८०४६ नम्बरको मोटरसाईकलमा भारतको सुडाबाट नेपाल आउँदै गरेको अवस्थामा २ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालीका वडा नम्बर २ स्थित त्रिनगर भन्सार गेट अगाडीबाट भारतबाट से ३ प ९५१२ नम्बरको मोटर साईकलमा नेपाल आई रहेका बेला धनगढी २ बस्ने २० बर्षिय नरेन्द्र बिष्ट, बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ५ बस्ने १८ बर्षिय मनोज भन्डारीका र धनगढी नम्बर ३ बस्ने ३० बर्षिय सुमित अधिकारीलाई पक्राउ गरेको छ ।

उनिहरुको साथबाट ४ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर, स्पास्मोप्रोक्सिभन ६ ट्याब्लेट, निट्रभेट ५ ट्यावलेट, विनस्पास्म ६ ट्याबलेट, नाइट्राभेट ५ ट्याबलेट, डाइलेक्स १ सिसि, परभोरिन स्पास १० ट्यावलेट प्रहरीले बरामद गरेको छ ।