चार दिनदेखि अबरुद्ध बेनी-जोमसोम सडक अझै खुलेन, यात्रुलाई सास्ती

म्याग्दी
संचार गृह/ बुधबार, भदौ २५, २०७६

गत आइतवारदेखि अवरुद्ध हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी-जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन संचालन हुन सकेका छैनन् ।

सडकमा तीन दिनदेखि सिधा सवारी अबरुद्ध बनेको छ । सडकखण्डअन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो ।

पहिरोले सडकको करिब १० मिटर सडकको आधार नै भत्काएकाले भिरमा बिष्फोटक पदार्थको प्रयोग गरि नयाँ ट्याक निर्माणको तयारी गरिएको छ ।

डोजरको सहायताले मात्रै ट्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी-जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकरी दिए ।

उनका अनुसार भत्किएको सडक मर्मतको काम भैरहेको छ । यात्रुहरुलेबीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता आएको छ । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटकहरु, तिर्थयात्री र सर्वसाधारणले सास्ती भएको छ ।