मंगलबार पनि शेयर बजारमा गिरावट जारी

काठमाडौं
संचार गृह/ मङ्लबार, भदौ २४, २०७६

साताको तेस्रो कारोबार मंगलबार पनि शेयर बजार ओरालो लागेको छ । मंगलबार नेप्से सूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दुमा झरेको छ ।

यो बिन्दु ५ महिना अघिको बिन्दु हो। यसदिन १७२ कम्पनीका ९ लाख ९२ हजार १२२ कित्ता शेयर २३ करोड ७९ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका ४६ कम्पनीको मात्र शेयरमूल्य मात्र सामान्य बढेको छ भने ८४ कम्पनीको घटेको छ । ३३ कम्पनीको स्थिर रह्यो।

कारोबारमा आएका होटल, निर्जीवन बीमा, म्युचुअल फण्ड र विकास बैंक उपसमूहको सूचकमा समान्य सुधार भएको छ भने बाँकी आठ उपसमूहका सूचक ऋणात्मक रहे।

मंगलबार कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ। बैंकको १ करोड २५ लाख रुपैयाँको बराबरको शेयर कारोबार भएको हो। त्यस्तै एनआईसी एशिया बैंकको १ करोड २३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बाँकी कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन।

यस दिन हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ६.७२ प्रतिशतले बढेको छ।