पेट्रोलियम पदार्थको मुल्य घट्यो, राति १२ बजेबाट लागू हुने

काठमाडौं
संचार गृह/ मङ्लबार, भदौ २४, २०७६

नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख पौडेलको भनाइ छ ।