सुनको मूल्य पुनः उकालो लाग्यो

काठमाडौं
संचार गृह/ सोमवार, भदौ २३, २०७६

पछिल्ला दुई दिन ओरालो लागेको सुनको भाउ सोमबार पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बृद्धि भएर ७१ हजार ७ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ५ सयले कमी आएर ७१ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने ५ रुपैयाँले ओरालो लागेर ८ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रति औंन्स १५ सय १७ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।