”मायाको गाउँमा ” गीतको भिडियो सार्वजनिक

संचार गृह/ आइतवार, भदौ २२, २०७६

गायक उमेश कुमार चौधरीको आवाजमा सजिएको ”मायाको गाउँमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा बाधिएका प्रेमी प्रेमीकाको प्रेमील चाहनाहरुलाई गीतमा समेटिएको छ । कमल गजमेरको शब्द तथा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

नवराज उप्रेतीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका भिडियो निर्देशक जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ ।

”मायाको गाउँमा ”गीतमा सर्वजित शाह र अनु पराजुलीको अभिनय रहेको छ ।

गीतमा आफनी मायालुको गाउँमा सपनाका सुनौलो सपनाहरुलाई साकार बनाउनको लागी निकै आतुर रहेको देखाईएको छ ।