ध्यानमा रहँदा सुरुमा मनमा लिने कुरा

सुरेन्द्रप्रसाद पौडयाल
संचार गृह/ शनिबार, भदौ २१, २०७६
(आध्यात्मपरक तेइसौं सृङ्खलाको प्रस्तुति)

पृष्ठभूमि

मान्छेले आफूलाई दुई अवस्थाबाट हेर्नुपर्ने हुन्छ । एउटा सांसारिक व्यावहारिक दृष्टिकोणबाट । अर्को आत्मिक दृष्टिकोणबाट । सांसारिक दृष्टिकोणबाट आफू सबैतिरबाट पूर्ण भएको अनुभूति हुनु पर्छ । यस्तो पूर्णताको सम्बन्धमा अथर्ववेदमा एउटा सूत्र छ । सो अनुसार आफूलाई आँखामा दृष्टि मिलेको छ । कानमा सुन्ने क्षमता अर्थात् श्रवण शक्ति मिलेको छ । त्यसैगरी आफ्नो मन एवं सम्पूर्ण इन्द्रियहरु सशक्त र पूर्ण छन् । शरीरका वायुहरु पनि आ–आफ्ना कार्यमा लाग्न सक्षम छन् । किनभने ती सवै व्यापक चैतन्य प्रकाशस्वरुप विश्वात्मासंग संयुक्त भएर क्रियाशील छन् । त्यसैका आधारमा ममा चेतना छ । जीवन छ । मतलव मेरो शरीरका सम्पूर्ण अङ्ग उनै परमात्म सत्तासंग अभिन्न र अखण्डित छ । यस अर्थमा ममा केही कमी छैन । कुनै तरिकाबाट पनि म अखण्डित एवं परिपूर्ण छु ।१

आत्मिक दृष्टिकोणबाट हेर्दा यथार्थतः म भन्ने तत्व न प्राण हो न वोली हो । न सुन्ने क्षमताको श्रवण हो, न मन–बुद्धि हो । न ज्ञानेन्द्रिय वा कर्मेन्द्रिय हो । न यी वताइएका समस्तको एकत्र रुप हो । अथवा ती सवैमा प्रत्येक भिन्दाभिन्दै खालको हो । वास्तवमा यस्ता कुरा चिन्तन मनन् विचार गरेर म भन्नु ती सवैलाई वाहेक गर्दा जुन तत्व बांकी रहन्छ सोही जीवनाधार तत्व म भन्ने ठहर्छ ।२ मतलव, सदैव हृदयमै स्फुरण हुने सत् चित् आनन्दस्वरुप एवं ज्ञानीहरुको परम गतिरुप हुँ ।

साथै म जाग्रत, स्वप्न, सुषुप्ति जस्ता तीनै अवस्थाका द्रष्टा हुँ । यसरी हेर्दा म कुनै पंचमहाभूतबाट निर्मित मन इन्द्रियमय शरीर होइन भन्ने पक्का हुन्छ । ती त मेरा साधन मात्र हुन् । तीनको प्रयोजन मेरा लागि हो । मेरा इसारामा ती चल्ने हुन् । त्यसैले म ती सवैको अधिष्ठान हुँ । यस अर्थमा म ती तत्वहरुमा रहने परम् आत्मतत्व हुँ । अतः म नित्य एवं कुनै गुण विशेष नभएको निर्विकार तत्व हुँ ।३ ईसावास्योपनिषद्मा एउटा स्तुति छ । त्यसमा भनिएको छ– सम्पूर्णका नियन्ता, सवैको भरण पोषण गर्नेवाला, भक्तको परम लक्षरुप हे प्रभू ! सूर्यको किरणझैं व्याप्त मायिक भ्रमको तेजलाई एकत्रित गरेर आफ्नो तेजमा मिलाइदिनोस् ताकि जुन कल्याणमय, सबका सबको अधिष्ठानरुप दिव्य परमात्म तत्व छ सोही स्वरुप यथार्थमा म उही हूँ भन्ने दिव्यदृष्टिबाट देख्न सकौं ।४ यसबाट पनि यथार्थमा आप्mनो स्वरुप अनुमान लगाउनु पर्छ ।

ध्यान गर्नु भनेको चित्तको बाहिरी अवस्थाबाट आप्mनो भित्री अवस्था स्थापित गरेर त्यसैमा स्थित हुनु हो । यसको लागि चित्त स्थिर हुनु आवस्यक छ । त्यसैले ध्यानको उदेश्य चित्तवृत्तिलाई स्थिर गर्नु हो ताकि आफू आफ्नो स्वःस्वरुपमा स्थित हुन सकियोस् । तथापि मनको स्वभाव चञ्चल छ । यो सदैव बाहिरी क्रियाकलापमा रम्न
चाहन्छ । त्यसैले बाहिरी जगतमा रमाउन पल्केको मन चित्त एकैपटक आफ्नो भित्री स्वरुपमा लाग्न चाहन्न ।

जवकि मनको प्रशन्नता, शान्त भाव, अनुकूलता–प्रतिकूलतामा मौन सम्मति, सम्यमित चित्त, अन्तःकरणको उदारता, पवित्रता एवं सत्भावयुक्त हुनु नै मन संवन्धी तप हो ।५ त्यसैले चित्तलाइ स्थिर गराउने कार्य सजिलो छैन । श्रीमद्भगवद्गीताका अनुसार अस्थिर चञ्चल मन जुन जुन कुराका लागि विचरण गर्छ त्यस्तो अनियन्त्रित विषयबाट निर्लिप्त भएर संयमित साथ परमात्मस्वरुपमै लगाउनु पर्छ ।६ अनि सहज हुन्छ ।

त्यसैले मनलाई बाहिरी जगतबाट भित्री जगत्मा फर्काउन ध्यान गर्नु पर्ने हो । ध्यानका प्रारम्भ अवस्थामा मनमा अनेक कुरा खेल्न थाल्छन् । त्यसैले यसलाई रोकेर गन्तव्यमा पुग्न सहज होस् भन्ने अभिप्रायले प्रारम्भको अवस्थामा ध्यानमा वस्दा तल दिइएका कुरालाई अति मन्द गतिले सनैः सनैः मनमा लिँदै गएर अन्त्यमा सून्य सोचाइमा पुग्नु पर्ने हुन्छ । अतः ध्यानमा रहँदाको सुरुआतका समयमा मनमा के कस्तो भाव लिएर अगाडि बढ्ने भन्नेतिर लागौं ।

ध्यानमा रहँदा प्रारम्भको अवस्थामा मनमा लिने कुरा

यथार्थतः म जाग्रत, स्वप्न सुषुप्ति तीनै कालको द्रष्टा हुँ । यथार्थतः मेरो स्वरुप सत् चित् आनन्द, निर्मल, निराकार, निर्विकार, अविकारी, अविनाशी, सदा शुद्ध मुक्त एकरस हो । मेरोे शरीररुपी आवरण छ । यसमा ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन, बुद्धिजस्ता अनेक साधन छन् । ती म होइनन्, ती साधनका अधिकारी म हुँ । शरीर मेरो आवरण भएकोले ती साराका सारा मेरा साधन हुन् । त्यसैले शरीर लगायत ज्ञानेन्द्रिय कमेन्द्रिय मन–बुद्धि अहंकार जे जति छन् तिनको समुच्चरुप म होइन ।

म त तीनलाई थाहापाउने द्रटा हुँ । ती दृष्य हुन् । किनकि तिनका विषयमा म थाहापाउँछु । ती साधनको कार्य मेरा संकेतमा चल्ने मात्र हो । त्यसैले ती मेरा साधनको अधिकारी म ठहर्छ । साथै ती साधन सन्चालनमा आउनमा सत्ता एवं उर्जा मेरै भित्री स्वःस्वरुपबाट मिल्ने हो । तिनको स्वभाव आना–जानाखालको असत् प्रकृतिको छ । त्यसैले सत् र असत्को तादात्म्य नमिल्दा र असत्मै ती साधनको जात मिल्नाले असत्मै आकर्षण भएर तिनीहरु मेरो स्वाभाविक बाटो निवृत्ति मार्गबाट बाहिरिन पुग्छन् , अस्वाभाविक ।

आशक्तिमा नरहनु निवृत्तिको लक्षण

हो । त्यसको विपरित प्रवृत्ति मार्गमा लाग्नाले सांसारिक कुरामा अस्वाभाविक प्रवृत्त हुने हुन्छन् । त्यसैमा तल्लिन हुन्छन् ।

अनि आ–आफ्नै तरिकाले बाहिरी कारोवारमा तल्लीन भई बहिर्मुख एवं स्वेच्छाचारी साथ बाह्य संसारी असत् कुरामा मात्र केन्द्रित हुन पुग्छन् ।

त्यसैमा घुलमिल हुन एवं व्यस्त हुनमा रमाउँछन् । त्यसो हुँदा मेरो स्वरुपमा लाग्नु पर्ने कर्तव्य भुलेर ती अज्ञान दशामा पर्छन् । स्वःस्वरुपमा केन्द्रित हुनबाट बाहिरिएर संसारी विषयवस्तुको कारोवारमै अभ्यस्त हुन पुगेकाले ती मेरा साधन मेरै नियन्त्रणबाट बाहिरिन थाल्छन् । यसो हुँदा संसारी कारोवारबाट थप अहम्ता ममताले मायिक प्रभावको मल जलमा पर्छन् । त्यसैको जंजालबाट ढाकिन पुग्नुले अन्ततः स्वधर्म भुली स्वःस्वरुपको सट्टा परधर्ममा तादात्म्य हुन पुग्छन् ।

यसले सांसारिक दुःख बन्धनमा जाकिंँदै स्वःस्वरुपमा स्वभाविक मिल्ने परम् आनन्दबाट बिमुख भएको स्थिति छ । यसले गर्दा दुःख एवं मानसिक विचलन जस्ता कुराको दलदलमा फस्न पुगेको अवस्था छ । अनि यथार्थताबाट टाढिएर द्ष्टालाई भ्रमको छायांमा पारेर दृष्यमुखी हुँदैछन् । भ्रमयुक्त विपरित दृष्टिकोणमा परिणत भएका छन् । त्यसो हुँदा के गर्नु ठीक के नगर्नु बेठिकसम्म पनि खुुट्याउन असमर्थ र किंकर्तव्यमूढ दशामा छन् ।

आवस्यकता र औचित्य अनुरुप थप उर्जावान बलिष्ठ हुँदै मेरो स्वःस्वरुपमै शक्ति केन्द्रित भएको अनुभूति दिंदैछन् । ती सवै अव आ–आफ्नो दायरामा आउने र रहने प्रयासमा छन् । परमात्मसत्ताबाट तीनमा मिल्ने उर्जा अव पुनः उही परमात्म समर्पित हुँदैछन् ।

यस्तो विचलित अवस्थाबाट उल्टो दिशा पक्डेकोमा विवेकको उदय आवस्यक भएको छ । यसको लागि ध्यानको माध्यमबाट सो विपरित दिशाबाट फर्काउन प्रयासरत छु । सफल हुन सके ती सवै साधनलाई पुनः यथायथा स्थानमा ल्याई द्रष्टामुखी हुनमा सहयोग पुग्ने छ । यसमा खासगरी मनलाई अन्तरमुख बाटोमा ल्याई मेरा ती साधन मेरै प्रयोगको लागि मेरै वसमा रहेर मेरै इशारामा मात्र सही प्रयोजनमा चल्ने अवस्थामा ल्याउन आवस्यक छ ।

अतः आत्मस्वरुपमा निमग्न हुँदै हुँदै तिनलाई यथास्थानमा ल्याउने र फर्काउने प्रक्रिया चल्दैछ । ध्यानको शक्तिबाट मेरा ती साधनमा प्रवाहित हुने उर्जा क्रमिक क्रमिक थप हुँदै गएको अनुभूति हुँदैछ । मेरो स्वःस्वरुपको उर्जाले अब संसारको प्रवाहसंग अनावस्यक रुपमा एकतर्फी लागेर आ–आफ्नो स्व–स्वकर्म–धर्मको दायरामा आउँदै छन् । यसबाट यथार्थताबाट बाहिरिएका ती साधनको बाहिरी सामीप्यता अब क्रमिक निस्तेज हुँदैछन् । स्वस्फूर्त शान्त स्थिति पहिल्याउँदै मनको बोझमा कमीको अनुभूति हुँदैछ ।

बुद्धिमा तिक्ष्णताको संकेतले थप विवेकको उदय भएको आभाष मिल्दैछ । अब ती मेरा साधन बाह्य जगत्को असत् अर्थात् आना–जानाखालको कारोवारमा कुन अवस्थामा के कति लाग्नु पर्ने हो सोका लागि विवेकको सहयोग खोज्दैछन् । अनि आवस्यकता र औचित्य अनुरुप थप उर्जावान बलिष्ठ हुँदै मेरो स्वःस्वरुपमै शक्ति केन्द्रित भएको अनुभूति दिंदैछन् । ती सवै अव आ–आफ्नो दायरामा आउने र रहने प्रयासमा छन् । परमात्मसत्ताबाट तीनमा मिल्ने उर्जा अव पुनः उही परमात्म समर्पित हुँदैछन् । यसोहुँदा मनका नकारात्मक सोच र दृष्टिकोण बादल हटेझैं हटेर विलकुल स्वाभाविक हुँदैछ । आत्मस्वरुपमै स्थापित हुन र आत्मरति हुनमा रमाउँदै सकारात्मक हुँदैछन् ।

किनकि ती अव शान्त एवं वलिष्ठ भावमा छन् । आवस्यक पर्दा थप सशक्त हुन तयार छन् । अनि आध्यात्मिक चिन्तन्को बाटो पकडेर सुषुप्ति कालमाझैं पूरा सून्य भावले आ–आप्mना उत्पत्ति स्थानमा लय हुन खोज्दै छन् । यसको लागि सही बाटो पकड्दै छन् । चौतर्फी शान्त साश्वत् आनन्द सिवाय अरु केही अनुभूति दिएका छैनन् । यस स्थितिमा साराका सारा परमात्मसत्ता सिवाय अरुको अस्तित्व असत् सावित हुँदैछन् । ध्यानको प्रवाह बढेर साराका सारा सून्यमा सून्य हुंदैछ ।

विस्तार विस्तार क्रमिक रुपमा मेरो स्वःस्वरुप परम् आत्मामा तादात्म्य हुँदैछ । परमात्माको सर्वशक्ति स्वयममा समाहित भएको अनुभूति हुँदैछ । त्यसको लागि मेरा साधनमा थप सशक्तपन आउँदैछ । ममा परमात्माको सामीप्यता र परमात्मामा मेरो सामीप्यताको अनुभूति मिल्दैछ । प्रवलरुपमा रहेका मेरो साधन मन अन्तरमुख भएर सही दिशा पहिल्याउँदै पहिल्याउँदै सही गन्तव्यमा पुग्ने दिशा प्राप्त गर्दैछ । अव मेरा सबै साधन सही गन्तव्यका लागि मेरो इशारा पहिल्याउँदै छन् ।

सकारात्मकता, प्रशन्नता परम्आनन्द परम् शान्तिमा स्थित हुँदैछन् । निश्चल तर व्यापक औ बलिष्ठ ती साधन अव मेरो आवरणरुपी शरीरमा उर्जा थपतर्पm केन्द्रित छन् । झमेला, थकान, विचलन एवम् दिग्दारीबाट मन मुक्त हुँदैछ । साराका सारा बोझ परमात्मामा समर्पित गरेर मन हल्का अति हल्का हुँदैछ । अव मन लगायत मेरा सबै साधन गलत दिशाबाट सत्मार्गतर्पm प्रवाहित हुँदैछन् । ती सवै साधनमा परमात्म शक्तिको उर्जा प्रवाहित भएर सही प्रयोजनको लागि बलिष्ठ हुँदैछन् ।

चनाखो हुँदैछन् । शरीरका सारा बोझ विसाइएको अनुभूतिबाट केवल स्वास प्रश्वास हल्का अति हल्का तवरले चल्दैछ । अन्य साराका सारा कुराहरु उही विशालतामा मिलेको स्थिति छ । शान्त निश्चल अचल व्यापक निर्विकार सून्य पूरा सून्य निर्विकल्पतर्फ स्थापित छन्… स्थापित् छन् …..। इति ।
द्रष्टव्यः यो प्रस्तुति परमात्म ज्ञानसंग सम्बन्धित भएकोले सम्भव भएसम्म सेयर गरेर ज्ञानका कुरा फैलाउनुमा सवैको कल्याण हुनेछ ।

सन्दर्भाधार–
१– अयुतोऽहमयुतो म आत्मायुतं मे चक्षुरयतं मे श्रोत्रमयुतो मे प्राणोऽयुतो मेऽपानोऽयुतो मे व्यानोऽयुतोऽहं सर्वः ।।अथर्ववेद १९।५१।१
२– प्राणो वाऽहं वाक्श्रवणादीनि मनो वा बुद्धिर्वाऽहं व्यस्त उताहोऽपि समस्तः ।आद्यशंकराचार्य
३– हृदि संस्पूmरदात्मतत्वम् सच्चित्सुखं परमहंसगतिं तुरीयम् । यत्स्वप्नजागरसुषुप्तमवैति नित्यम् तद्ब्रह्म निष्कलमहं न च भूतसंघः ।।ऐ ऐ
४– पुषन्नेकर्षे यम सूर्य प्राजापत्य व्यूह रश्मीन् समूह । तेजो यत्ते रुपं कल्याणतमं तत्ते पश्यामि योऽसावसौ पुरुषः सोऽहमस्मि ।।ईशावास्यापनिषद् १६
५– मनः प्रसादः सौमत्वं मौनमात्मविनिग्रहः । भावसंशुद्धिरित्येतत् तपो मानसमुच्यते ।।श्रीमदभगवद्गीता१७।१६
६– यतो यतो निश्चरति मनश्चञ्चलमस्थिरम् । ततस्ततो नियम्यैतत् आत्मन्येव सशं नयेत् ।। श्रीमदभगवद्गीता६।२६