हप्तामा यी ३ दिन काट्नु हुँदैन दारी र कपाल

काठमाडौं
संचार गृह/ शनिबार, भदौ १४, २०७६

प्रकृतिको नियम छ कि कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने तथा रक्षात्मक चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् । तर धर्म शास्त्रका अनुसार हप्तामा कुनै बार कपाल वा नङ काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ ।

कुनबार शुभ कुन बार अशुभ ?
आइतबारः आइतबारलाई सूर्यको दिन मानिन्छ । यो दिन कपाल काट्दा धन, बुद्धी र धर्मको नाश हुने महाभारत अनुशासन पर्वमा उल्लेख छ ।

सोमबारः सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ ।

मंगलबारः मंगलबार कपाल काट्नु उमेर अर्थात आयुका लागि नोक्सानदायक मानिन्छ । कहिले काँहि यसले असामयिक मृत्यु समेत गराउन सक्ने महाभारतमा उल्लेख छ ।

बुधबारः नङ वा कपाल काट्न सबैभन्दा राम्रो दिन मानिन्छ । यो दिन कपाल वा नङ काट्दा धनधान्य बढ्ने र खुसियाली आउने महाभारतको अनुशासनपर्वमा उल्लेख छ ।

विहीबारः विहीबार कपालवा नङ काट्दा धननाश हुने मानिन्छ । यस दिन कपाल काट्दा मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास छ ।

शुक्रबारः शुक्रबार शुक्रग्रहको दिन मानिन्छ । यो सौन्दर्यको प्रतिक पनि हो । त्यसैले शुक्रबार पनि कपाल र नङ काट्नु राम्रो दिनको रपमा लिईन्छ ।

शनिबारः नेपालमा प्रायजसो यसै दिन कपाल काट्ने चलन छ, सायद यस दिन सरकारले बिदा दिने भएर पनि होला ।

तर शनिबार कपाल वा नङ काट्न अशुभ मानिन्छ । शनिबार कपाल काट्दा मृत्युको भय बढ्ने महाभारतमा उल्लेख छ ।