पुनर्जन्म सम्बन्धमा शास्त्रले बताएका बुझ्नैैपर्ने कुरा

सुरेन्द्रप्रसाद पौडयाल
संचार गृह/ शनिबार, भदौ १४, २०७६
(आध्यात्मपरक वाइसौं सृङ्खलाको प्रस्तुति)

हाम्रो शरीरभित्र त्यसैको झलक दिनेगरी एउटा सूक्ष्म तत्व रहेको हुन्छ । त्यसलाई सूक्ष्म शरीर भनिन्छ । मोवाइलको सारा सारभूत कुरा सानो सिमकार्डमा निहित भएझैं हाम्रा सारा इन्द्रिय लगायत प्राण, मन, बुद्धि, चित्त, अहंकारको सार तत्व सोही सूक्ष्म शरीरमा रहेको हुन्छ । त्यसैले यसमा इच्छा आकांक्षा, आनिवानि, बौद्धिक क्षमता, अनुभवको निचोड्, मनोमय भाव जस्ता कुराको सार खिचिएको हुन्छ । त्यसैले समुच्चरुपमा सूक्ष्म शरीर भन्नु नै व्यक्तिको भावमय सार हो ।

एकको अनुहार अर्कोसंग फरक भएझैं सूक्ष्म शरीर पनि प्रत्येकको फरक हुन्छ । साथै सूक्ष्मशरीर अनुरुप नै सवैको दृष्टिकोण स्थापित हुन्छ । यही कारणले एकबाट अर्कोमा दृष्टिकोण फरक पर्न जाने हो । शरीर संचालनको अधिष्ठान जीव पनि सोही सूक्ष्म शरीरमा आधारित भई शरीरभित्रै रहन्छ । मृत्यु हुँदा जीवात्मा पनि सूक्ष्म शरीरको साथसाथै बाहिरिन्छ । किनकि सूक्ष्म शरीरविना जीव रहन सकदैन । जब यी दुई शरीरबाट बाहिरिन्छन् अनि प्राण चल्न बन्द हुन्छ ।

त्यसपछि प्राणी मृत घोषित हुन्छ । तर स्थुल शरीरविना सूक्ष्म शरीर रहन सक्दैन । यसो हुँदा वायुले नजाँनिदो तरिकाबाट गन्धलाई एता उता पारेझैं सूक्ष्म शरीर पनि पुनः स्थुल शरीरको खोजिमा हुन्छ । अनि पुनर्जन्म हुँदा सोही पूरानै सूक्ष्म शरीर सक्रिय हुन्छ । स्वभाव भन्ने कुरा अघिल्लो जन्मको सूक्ष्मशरीरका आधारमा आधारित हुने भनेको यही हो । स्वभावमा फरक पर्न जाने कारण हो ।

यसरी स्थूल शरीर, सूक्ष्म शरीर र जीवात्माको एक आपसमा भित्री सम्बन्ध सृष्टिकालदेखि नै चली आएको छ । यी तीन तत्वको अन्तर सम्वन्धले गर्दा स्थूल शरीर जुन सोच र ढाँचामा अगाढि बढेको हुन्छ त्यसैको सार तत्व सूक्ष्म शरीरमा खिचिन्छ । जवकि सूक्ष्म शरीर अनुरुप नै जीव चल्न बाद्य हुन्छ ।

वायुले नजाँनिदो तरिकाबाट गन्धलाई एता उता पारेझैं सूक्ष्म शरीर पनि पुनः स्थुल शरीरको खोजिमा हुन्छ । अनि पुनर्जन्म हुँदा सोही पूरानै सूक्ष्म शरीर सक्रिय हुन्छ ।

यी तीन मध्ये पनि जीवात्मा सूक्ष्मरुपले शरीरभित्र रहिकन अति वलवान एवं क्षमतावान हुन्छ । त्यही क्षमताकै कारणले सूक्ष्म शरीरसंग मिलेर जीव अनेक खालका सपनाको सृजना गर्न सक्षम हुन्छ । त्यति मात्र होइन, जीवले स्वप्नावस्थामा सूक्ष्मशरीरको माध्यमवाट उँच नीच भावलाई ग्रहण गरेर अनेक रुप सृजना गर्दै रहन्छ । त्यसैगरी शरीरबाट बाहिरिएको अवस्थामा पनि त्यो त्यत्तिकै बलवान र क्षमतावान हुन्छ । यसै कारण उ प्रकृतिमयरुपमा सूक्ष्म शरीरको प्रकृतिसंग मिल्दो जुल्दो योनि र वातावरणमा पुनः नयाँ शरीर धारण गर्न सक्षम हुन्छ । यसैलाई हामीले पुनर्जजन्म भन्ने बुझ्छौ ।

त्यसै प्रकारले आफन्त एवं आत्मीय कुरामा जीव आनन्द मान्ने खालको हुन्छ । मन नपर्ने तथा विजातीय कुरा देख्दा आत्तिने स्थिति पनि सृजना गर्छ ।१ यसरी जीव सर्वत्र विचरण गर्न सक्षम हुन्छ ।

जीवको त्यही सक्षमताले गर्दा हाम्रो दृष्टिमा नआएका अनेक खालका कुरा पनि स्वप्नको माध्यामवाट प्रकाशित गर्नमा उ सक्षम हुन्छ । त्यसैगरी फेरी इन्द्रियको सहयोगमा सुत्नेलाई पुनः जाग्रित पनि वनाउँछ । यसरी जीव स्वप्न जाग्रत दुवै संसारमा विचरण गर्छ ।२ शरीरलाई प्राणको माध्यमबाट रक्षा गर्नेवाला त्यो जीवतत्व एक्लै एता उता विचरण गर्छ ।

शरीरलाई न्यून गर्दै रहेर त्यसलाई सून्यतामा पुर्‍याउन सफल हुन्छ भने सूक्ष्म शरीर नासिएको ठहर्छ । यसमा मुख्य कुरा अस्वाभाविक आसक्ति नै मुख्य हो ।

अनि सूक्ष्म शरीरको तादात्म्यताले सुक्ष्म वासना जहाँ जहाँ जस्तो जस्तो हुन्छ त्यहाँ त्यहाँ सोही अनुसार विचरण गर्छ ।३ एति सम्म कि यसले अनेक कृयाकलापमा संलग्न गराउँदै मृत्युसम्म पनि पुर्‍याउँछ ।४ मृत्यु पश्चात शरीरको पञ्चतत्व आ–आफ्नै उत्पत्ति तत्वमा मिल्न जान्छ । तर जीवात्मा भने बच्न गएर अर्को शरीर धारण गर्दछ ।५ प्राणीको मृत्यु हुँदा पूरानो शरीरलाई छाडेर नयाँ शरीर ग्रहण गर्ने अवस्थामा पनि जीव बडो चनाखोसाथ एक शरीर छाडेर अर्को शरीरमा लाग्छ ।

मतलव, जसरी एउटा जुका घाँसको एउटा टुप्पोबाट अर्कोमा आधार पाएपछि मात्र पहिलो घाँसलाई छाड्छ त्यसैगरी जीव आफ्नो पूरानो शरीरलाई अचेतनावस्थामा पारेर अन्तरवासनाका आधारमा तय हुने अर्को गन्तव्यको आश्रयका साथ पूरानो शरीर त्यागेर नयाँ नयाँ शरीर धारण गर्दै रहन्छ ।६ यसरी प्राणको माध्यमबाट जीवको एक पछि अर्को शरीरमा आना–जाना क्रम चलिरहन्छ ।

स्मरणनीय रहोस्, शरीरभित्र जीव भन्ने तत्व अति सूक्ष्म हुन्छ । एति सूक्ष्म हुन्छ कि शास्त्र अनुसार कपालको रौंलाई सय टुक्रा पारेर सो एक टुक्रालाई पुनः सय टुक्रा पार्दा जत्रो हुन्छ त्यत्रै जीव हुन्छ भन्ने उदाहरण शास्त्रले दिएको छ । जे भए पनि जीवको आधार भनेको सूक्ष्म शरीर नै हो । सूक्ष्मशरीर नभए जीवको अस्तित्व समाप्त हुन्छ ।

उपर्युक्त पृष्ठभूमि बुझेर कसैले विवेकसाथ आफ्नो सूक्ष्म शरीरलाई न्यून गर्दै रहेर त्यसलाई सून्यतामा पुर्‍याउन सफल हुन्छ भने सूक्ष्म शरीर नासिएको ठहर्छ । यसमा मुख्य कुरा अस्वाभाविक आसक्ति नै मुख्य हो । अतः यस्ता आशक्ति समाप्त भए यो नाशिने अवस्थामा पुग्छ । यसरी सूक्ष्म शरीर नाशिएर त्यसको विलय भएपति जीवको पुनर्जन्मको आधार तत्व पनि समाप्त हुन्छ ।

वीर्य जान्दैन । वीर्य जसको शरीर हो र जो भित्रै रहेर वीर्यको नियमन गर्छ त्यो आत्मतत्व अन्तरयामी अमृत हो ।७ अति सूक्ष्म तत्व भएकोले यस्ता कुरा विज्ञानको दायराभन्दा बाहिरै छ । जे होस्, अमरताबाट परम आनन्दमय परमात्मामा स्थित भएर सारा भोगको अनुभव गर्न पाएपछि उसलाई केको शोक होला ?

अनि प्रारब्ध अनुरुपको जीवन व्यतित गरेर जव मृत्यु हुन्छ अनि पुनः अर्को जन्म हुने अवस्था रहँदैन । यसैलाई अमरता मानिएको छ । मुक्तिको अवस्था यही हो । ज्ञान प्राप्तिको अवस्था यही हो । किनकि सूक्ष्म शरीरको अभावले गर्दा अज्ञान दशाको नाश भइसकेको हुन्छ । आध्यात्मिक जगतमा मारे अमर पाले दुःखको जञ्जाल भनेको यही हो । मतलव, हामीलाई दुःख जञ्जालमा पार्ने तत्व भनेकै सूक्ष्म शरीरको विकृतियुक्त भाव हो । त्यो नाशिएपछि जीव परमात्मा नै हुन्छ । परमात्माको मुख्य विशेषता परम आनन्द हो । कुरो कठीन भएकोेले यसलाई अझै बुझौं ।

बृहदारण्योपनिषद् ठोकुवै गर्छ– जीव संचालनको अधिष्ठान परम् आत्म तत्व अर्थात् परमात्मतत्व वीर्यमा रहनेवाला हो । वीर्यको भित्रै छ ।

तर जसलाई वीर्य जान्दैन । वीर्य जसको शरीर हो र जो भित्रै रहेर वीर्यको नियमन गर्छ त्यो आत्मतत्व अन्तरयामी अमृत हो ।७ अति सूक्ष्म तत्व भएकोले यस्ता कुरा विज्ञानको दायराभन्दा बाहिरै छ । जे होस्, अमरताबाट परम आनन्दमय परमात्मामा स्थित भएर सारा भोगको अनुभव गर्न पाएपछि उसलाई केको शोक होला ? स्थुल शरीर किन चाहियो ? किनकि साराका सारा भोगको सार लिने चेतना मार्फत हो ।

सोही चेतनाको अधिष्ठान चैतन्यमय भएपछि कुनै पनि भोगको सार लिनबाट बञ्चित हुँदैन । श्रीमदभगवद्गीता अझ स्पष्ट पार्छ– देहमा यो सनातन् जीवात्मा परमात्माकै अंश हो । खाली प्रकृतिमा स्थित भई मन एवं पाँचै इन्द्रियलाई आकर्षित गर्दै रहेर मात्र उ दुःख जञ्जालमा पर्ने हो ।८ अतः सूक्ष्म शरीरको अभावमा जीवभाव समाप्त हुन्छ । अर्थात् जीव परत्र्रह्म परमात्मामै मिल्छ ।

क्षुरिकोपनिषद् भन्छ– अस्वाभाविक समस्त कामना र ऐषणारहित हुनेहरु अविनाशी परमात्मा सरह नै हुन् अर्थात् परमात्मा नै हुन् । त्यस्ताहरु संसारी दुःखको बन्धनमा बाँधिने अवस्था रहन्न ।९ सार यो रह्यो कि यहाँ एक मात्र चैतन्यस्वरुप परमात्मतत्वमा अविछिन्न खालको जीव तत्व छ ।

सो तत्व सूक्ष्म शरीरका सहाराले संसारी विषय÷वस्तुमा आशक्ति रहेको हदसम्म बद्ध अवस्थामा रही दुःख सुख भोक्ता हुन्छ । अन्यथा त्यस्ता आशक्तिका सङ्कल्प छुटे मुक्त अवस्था रहन्छ । पुनर्जन्म सम्बन्धमा शास्त्रले बताएका यस्ता कुरा बुझे भविष्य कल्याणमय हुने नै भयो । इति ।

द्रष्टव्यः यो प्रस्तुति परमात्म ज्ञानसंग सम्बन्धित भएकोले सम्भव भएसम्म सेयर गरेर
ज्ञानका कुरा फैलाउनुमा सवैको कल्याण हुनेछ ।

 

सन्दर्भाधार:–१– छान्दोग्योपनिषद् २– बृहदारण्याोपनिषद् ३–४छान्दोग्योपनिषद् ५– ऋकवेद.१०।१६।५
६– छान्दोग्योपनिषद् ७– बृहदारण्याोपनिषद् ८– श्रीमद्भागवद्गीता ९– क्षुरिकोपनिषद् १०– योगवारिष्ठ २।१।३६