पहिरोले घर भत्कीदा श्रीमतीको मृत्यु, छोरी र श्रीमान घाईते

संचार गृह/ सोमवार, भदौ ९, २०७६

बझाङ जिल्लाको केदार स्यँ गाँउपालिका वडा नम्बर ८ टोटकामा गए राती पहिरोले घर भत्कीदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान र छोरी घाईते भएका छन् ।

घर माथिबाट आएको पहिरोले केदार स्यँ गाँउपालिका वडा नम्बर ८ का ४५ बर्षिया जोगी जोशिको घर भत्कीदा उनकी श्रीमती बेलुदेवि जोशिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा निमीत्त कार्यलय प्रमुख ईश्वरी दत्त पाण्डेयले जानकारी गराए ।

श्रीमतीको दुबै खुट्टा भाँचिएको र उनको उपचारका लागी कैलाली लाँदै गर्दा केदार स्यँ गाँउपालिका वडा नम्बर ९ को झोतामा मृत्यु भएको पाण्डेयले बताए ।

पहिरोमा परि उनकी ७ बर्षिया छोरी धौली जोशी र जोगी जोशी समेत सामान्य घाईते भएका छन् । उनको उपचार नजीकै प्राथमीक स्वास्थ्य चौकीमा भै रहेको छ ।