मन्त्रीपरिषद बैठक प्रति कमल थापाकोे कटाक्ष

संचार गृह/ सोमवार, भदौ ९, २०७६

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत नै मन्त्रिपरिषद् बैठक राखेको प्रति राप्रपाका अध्यक्ष कमल थापाले कटाक्ष गरेका छन् ।

उक्त बैठक प्रति लक्षित गर्दै अध्यक्ष थापाले सरकारप्रति जनताको वितृष्णा बढेका बेला किन यस्तो देखावटी तामझाममा प्रधानमन्त्रीलाई प्रोत्साहित गरिएको भन्दै प्रश्न गरेका छन् ।

उनले ट्वीटर लेख्छन् ।

सिंगापुरमा उपचार गराईहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक संचालन गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकमा पहिलो पटक यस्तो प्रविधिको प्रयोग भएको हो ।