भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकः कसरी गरिन्छ बैठक ? हेर्नुहोस्

काठमाडौं
संचार गृह/ सोमवार, भदौ ९, २०७६

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ ।
सिंगापुरमा उपचार गराईहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक संचालन गरेका हुन् ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्य्विधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन् । उनले केही तस्वीरसमेत राखेर लेखेका छन् ।

तस्वीरहरु