नेकपा सचिवालय बैठक सकियो, असन्तुष्टि व्यक्त गर्न नपाइने

काठमाडौं
संचार गृह/ सोमवार, भदौ ९, २०७६

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

नेकपाको बैठकले अबदेखि नेता तथा कार्यकर्ताहरुले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्न नपाइने निर्णय गरेको छ ।

नेकपाले सार्वजनिक असन्तुष्टि जनाउनेलाई स्पष्टिकरण सोधिने प्रष्ट पारेको छ ।

साथै सचिवालय बैठकले पार्टीको केन्द्रीय कमिटीमा चारजना नेताहरुलाई थप्ने निर्णय गरेको छ । थपिएका केन्द्रीय सदस्यहरुमा देवेन्द्र पराजुली, कल्पना धमला, किरण राई र पदम राई रहेका छन् ।

साथै बैठकले केही नेतालाई विभिन्न विभागमा इञ्चार्जसमेत तोकेको छ ।

सचिवालय बैठकले नेताहरुको फरक मत र आलोचना पार्टीको विधि र प्रक्रियाअनुसार नै राख्नुपर्ने निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी निर्णयबिपरीत नेताहरुप्रति आक्षेप

लगाए स्पष्टिकरण सोधेर कारबाही थाल्ने निर्णय भएको जानकारी दिए ।

बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सकिएको थियो ।