सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, थुनछेकको बहस सुरु हुँदै

चितवन
संचार गृह/ सोमवार, भदौ ९, २०७६

अहिले शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको चितवन जिल्ला अदालतमा बयान सकिएको छ ।
जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बहस लिइएको थियो ।

बयान सकिएसँगै अब थुन छेकको लागि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् ।

थुनछेकको बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ ।

बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ ।

थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

अर्की अभियुक्त अस्मिता कार्की‘रुकु’को बयान आइतबार लिइएको थियो ।