सरकारले कर्मचारी समायोजनको प्रष्ट नीति बनाएको छैन–नेपाल निजामती कर्मचारी संगठन

संचार गृह/ सोमवार, भदौ ९, २०७६

कर्मचारी समायोजनको प्रष्ट नीति नबनाउँदा समस्या भएको नेपाल निजमाती कर्मचारी संगठनले आरोप लगाएको छ ।

सोमबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको छैठौं बैंठकको निर्णयसार्वजनिक गर्दै संगठनले समायोजनमा गएका कर्मचारीलाई स्थानीय निकायले हाजिर नगराउँदा समस्या परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

संगठनले ट्रेड युनियनहरुको सुझावलाई समावेश गरी कर्मचारीमैत्री ऐन जारी गराउनु पर्ने माग गरेको छ । त्यसैगरी तिन तहकै कर्मचारीहरुलाई श्रेणीगत वा तहगत एकै प्रणालीमा व्यवस्थापन हुने गरी ऐन निर्माण गर्न पनि माग गरेको छ ।

निजमाती कर्मचारीले सरकारलाई असहयोग नभई सहयोग गरेको भन्दै सरकारको निर्देशन अनुसार प्रशासनिक काम गरेको दावी गरेको छ ।

राजनीतिक दलहरुले कर्मचारीको कारण जनताको काम गर्न नसकेको भन्ने आफूहरुमाथिको आरोप पनि निराधार भएको बताएको छ ।