कांग्रेसले जनताको मन जित्नेगरी काम गर्नुपर्छः रामचन्द्र पौडेल

संचार गृह/ सोमवार, भदौ ९, २०७६

कांग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

चितवनमा सोमवार पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका हुन् ।
‘सरकारको विकल्पको रुपमा कांग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।’ उनले भने,

नेता पौडेलले भने, ‘राजनीतिमा सबै कुरा सबैले एकैनास बोल्छ भन्ने हुँदैन पक्ष/विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन ।
पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टी्भित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उनको भनाइ थियो ।