पुडासैनी आत्महत्या प्रकरणः युवराज कँडेलको बयान सुरु

चितवन
संचार गृह/ सोमवार, भदौ ९, २०७६
तस्बिरः युवराज कँडेलको फेसबुकबाट

 

चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार युवराज कँडेलको बयान सुरु गरेको छ। चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार सोमबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो । कँडेलको बयान सकिएपछि रवि लामिछानेको बयान सुरु हुने गिरीले जानकारी दिए। अदालतले आइतबार रुकु कार्कीको बयान लिइसकेको छ।

बयानका क्रममा रुकुले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन्। उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन्। अदालतको आदेश नआएसम्म तीनैजनालाई न्यायिक हिरासतमा राखिने छ।