पूर्वी चितवनको खैरहनीमा बम बिस्फोट,विप्लव समूहमाथि आशंका

चितवन
संचार गृह/ सोमवार, भदौ ९, २०७६

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ स्थित सिमलघारीमा आइतबार साँझ बम बिस्फोट भएको छ। बिस्फोटबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

उता, पुर्वी चितवनको रत्ननगर नगरपालिका वर्डा नम्वर १२ स्थित वर्डा कार्यालयमा आइतबार दिउँसो आगजनी भएको छ। आगजनीबाट कार्यालयको महत्वपूर्ण कागजपत्र, कुर्ची, पर्दा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगजनी किन र कस्ले गर्‍यो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ।

यद्यपि , विप्लब नेतृत्वको नेकपाले आज आब्हान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा बम विस्फोट र आगजनी गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।