पुडासैनी आत्महत्या प्रकरणः ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको तथ्य बाहिरियो

काठमाडौं
संचार गृह/ आइतवार, भदौ ८, २०७६

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा न. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।
प्रहरीले टोखा नगरपालिका–११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको वडाध्यक्ष अधिकारीले बताए । पत्रकार शालिकराम पुडासैनीले गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएका थिए । घरबेटी न्यौपानेका अनुसार बेलाबेलामा केटी लिएर आउनेजाने गर्थे पुडासैनी ।

नागरिक दैनिकले खबर छापेको छ ।