बिभिन्न घटना तीन जना अपराधि सार्वजनिक

बागलुङ
संचार गृह/ शुक्रबार, साउन ३१, २०७६

जिल्ला प्रहरी कार्यालय बागलुङले बिभिन्न घटनामा पक्राउ परेका तीन जना अपराधिलाई शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीले कार्यालयमै पत्रकार सममेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले ढोरपाटन नगरपालिका वडा नम्बर ८ बोबाङमा एक दम्पत्तिको हत्या आरोपीलाई सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिनेमा स्थानीय ६१ बर्षिय मसाने कामी छन् । उनले यही साउन २५ गते ६८ बर्षिय भानबहादुर कामी र उनकी ६० बर्षिया श्रीमती बिमा कामीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए । कामी मृतक भानबहादुरका आफ्नै भाई हुन् ।

कामीलाई म्याद थप गरि कानुनी कारबाही अगाडी बढाईने प्रहरी जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले बताए ।

कामी मसानेको छोरा र भानबहादुरको बुहारीबीच अवैध सम्बन्धका कारण उनीहरुबीच भएको भनाभनले उग्र रुपमा लिंदा मसानेले आवेगमा आएर हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यस्तै, बागलुङ नगरपालिका-७ की एक १५ वर्षिया बालिकालाई लामो समयदेखि प्रलोभनमा पारेर लामो समयदेखि बलात्कार गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ५४ वर्षिय पतिमान सार्कीलाई पनि सार्वजनिक गरेको छ । सार्कीले बालिकालाई ललाई फकाई एक वर्षदेखि यौन शोषण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यस्तै, लागु औषध प्रयोग तथा कारोबारमा संलग्न रहेको आरोपमा बागलुङ बजारबाट पक्राउ परेका ताराखोला गाउँपालिका-१ घर भई बागलुङ नगरपालिका-२ श्रीनगरटोलमा डेरा गरी बस्ने १८ वर्षिय सुुदिन छन्ताललार्ई पनि सार्वजनिक गरेको छ । छन्त्यालको साथबाट डाइजोपाम-२ एम्पुल, फेनरागन-२ एम्पुल र नुर्फिन-२ एम्पुल गरी छ थान लागुऔषध सहित २७ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।