प्रहरीको कडा सुरक्षाकाबीच पछाडीको ढोकाबाट रविलाई अदालत पुर्याईयो

संचार गृह/ शुक्रबार, साउन ३१, २०७६

जिल्ला प्रहरी कार्यालय चितवनले संचारकर्मी रवि लामिछानेसहित पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत चितवन लगेको छ ।

प्रहरी कार्यालय बाहिर लामिछानेका समर्थकले प्रदर्शन जारी राखेपनि उनलाई प्रहरीले कडा सुरक्षाकाबीच पछाडीको ढोकाबाट अदालत पुर्याएको हो ।

यसैबीच, लामिछानेका समर्थकले उनको रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन् । अदातल लगेसंगै उनका समर्थक पनि अदातलनै पुगेर प्रदर्शन गरिरहेका छन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् । यता, लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामिछानेसँगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी हिजो राति चितवन लगेको थियो । कडा सुरक्षाकाबीच उनिहरुलाई मध्यरात १ बजे चितवन पु¥याइएको हो । उनीहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्र

हरी हिरासतमा उनीहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।
उनीहरुलाई आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उनले बताए ।