ढोरबराह मन्दिरमा दर्शनार्थीको भिड, सयौँ भेडाको बली

बागलुङ
संचार गृह/ शुक्रबार, साउन ३१, २०७६

बागलुङको प्रसिद्ध धार्मिक स्थल ढोरबराह मन्दिरमा जनैपुर्णिमा पर्वको अवसरमासयौँ दर्शनार्थीले मन्दिरको दर्शनसँगै पुजा आर्चना गरेका छन् ।

ढोरबराह मन्दिरमा दर्शन तथा पुजा पाठ गरेमा मनोआकांक्षा पुरा हुने जनविश्वासका कारण बागलुङ जिल्ला सहित गुल्मी, प्युठान, रुकुम, रोल्पा, म्याग्दी, पाल्पा, बुटवल काठमाडौं लगाएत विभिन्न स्थानबाट आएका दर्शनार्थीले मन्दिरको दर्शनसँगै सयौँ भेँडाको बली चढाएका हुन् ।

मन्दिर व्यवस्थापन समितिका अनुसार बिहान ४ बजेदेखि दर्शनाथीहरुलाई भिड लागेको छ ।

बिहानदेखि सुरु गरिएको पुजापाठमा ढोरबराह मन्दिरमा मात्रै ५ सय ४२ र उक्त मन्दिर नजिकै रहेको सुल्ठान मन्दिरमा करिब ८० गरी ६ सय २२ भन्दा बढि भेँडाको बली दिइएको बताइएको छ ।