रवि लामिछानेका समर्थक प्रहरी कार्यालय अगाडि प्रर्दशनमा

चितवन
संचार गृह/ शुक्रबार, साउन ३१, २०७६

प्रहरीले पक्राउ गरेका संचारकर्मी रवि लामिछानेका समर्थकहरुले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशन गरेका छन् ।

उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।

लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखिएको छ । कडा सुरक्षाकाबीच उनिहरुलाई मध्यरात १ बजे चितवन लगिएको हो ।

उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।

आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उनले बताए ।