मन्त्री खड्कबहादुर खत्री बर्खास्त, फौजदारी अभियोग लाग्यो

काठमाडौं
संचार गृह/ शुक्रबार, साउन ३१, २०७६

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् । फौजदारी अभियोग लागेका खत्रीलाई उच्च अदालत पाटनले पक्राउ आदेश जारी गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शालीले विहिबार साझ उनलाई बर्खास्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६९ को उपधारा(२) को खण्ड (ख) बमोजिम खत्रीलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । संविधानको उक्त खण्डमा मुख्यमन्त्रीले पदमुक्त गरेमा मन्त्रीको पद रिक्त हुने उल्लेख छ ।

मन्त्री पदमा वहाल रेहेकै अवस्थमा सरकारवादी फौजदारी अभियोग लागेपछि खत्रीमाथि नैतिकताको प्रश्न उठेको थियो । खत्रीको वर्खास्त सँगै उक्त मन्त्रालय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्हाल्ने भएका छन् ।
मन्त्री पदबाट बर्खास्त भएपनि उनी तत्काल प्रदेशसभा सदस्यको पदबाट भने मुक्त हुने छैनन् ।

कर्णाली प्रदेशसभा नियमावली अनुसार फौजदारी मुुद्धामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेको अविधिभर सदस्यलाई सभामुखले निलम्बन गर्नुपर्ने उल्लेख छ ।