संसारकै सबैभन्दा ठूलो भ्यागुतो, जो आफु बस्न पोखरी नै बनाउछ

संचार गृह/ बिहिबार, साउन ३०, २०७६

एक अनुसान्धानको क्रममा विश्वकै सबैभन्दा ठूलो भ्यागुता गोलियथ को पत्ता लागेको छ । यसले आफू बस्नका लागि आँफै तलाउ निर्माण गर्छ । जनरल अफ नेचुरल हिस्ट्रीका अनुसार यो अफ्रीकी प्रजातिको भ्यागुता हो ।

उक्त अनुसन्धानको क्रममा अनुसन्धानकर्ता मार्विन शेफरले यसको बारेमा जानकारी लिन उक्त भ्यागुतालाई जंगलमा टाइमल्याप्स क्यामरा लगाएर माटोमा छोडेका थिए । भिडियोमा यसको पुष्टी भएको छ । उक्त भ्यागुताले तलाउ बनाउन कहिलेकाँही २ किलो भन्दा बढि वजन भएको पत्थरलाई समेत हटाएको छ ।

यस भ्यागुताको वजन ३।३ किलोग्राम रहेको छ भने लम्बाई ३४ सेन्टीमिटर रहेको छ ।
–एजेन्सी