निजगढ विमानस्थलमा अन्तराष्ट्रिय लगानी नजुटे सरकार आफैंले बनाउँछ–योगेश भट्टराई

काठमाडौं
संचार गृह/ मङ्लबार, साउन २८, २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तराष्ट्रिय लगानी नजुटे सरकारले आफैँ लगानी गर्ने बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको सामबारको बैठकमा मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए ।

उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि थप निर्णय लिने पनि बताए । वैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताए ।
आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताए ।