झण्डै एक करोड ११ लाख किर्ते गरेको ठहर गर्दै कर्णालीका विकासमन्त्रीलाई प्रक्राउ गर्न आदेश

संचार गृह/ मङ्लबार, साउन २८, २०७६

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिईएको छ । मन्त्री खत्रीलाई उच्च अदालत पाटनले प्रक्राउ गर्न आदेश दिएको हो ।
उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलाशले मन्त्री खत्रीलाई प्रक्राउ गर्न आदेश दिएको हो । खत्रीसंगै राजुप्रसाद श्रेष्ठलाई पनि प्रक्राउ गर्न आदेश दिएको छ ।

मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतको ठहर छ । सोही मुद्धामा दोषी देखिएको भन्दै मन्त्री खत्रीलाई प्रक्राउ गर्न आदेश दिएको हो ।