भाइरल बाबा पहिलो पटक म्युजिक भिडियोमा (भिडियोसहित)

संचार गृह/ मङ्लबार, साउन २८, २०७६

पछिल्लो समय भाइरल भएका अघौरी बाबा पहिलोपटक म्युजिक भिडियोमा देखिएका छन् । सूर्य दयालुको स्वर र सङ्गीत, श्यामप्रसाद पौडेलको शब्द रहेको गीत ‘तिमीसँग मैले विताएका’ को भिडियोमा उनी सजलजंग केसी र शान्ति अधिकारीसँगै अभिनय गर्दै देखिएका हुन् ।

हरि वाग्लेले निर्देशन गरेको भिडियोलाई पवन गौतमले छायाँकन र विश्वास भण्डारीले सम्पादन गरेका छन् ।

रेडियो नेपालमा स्वर परिक्षा पास गरेर यो क्षेत्रमा आधिकारिक रुपमा आफूलाई होमेका गायक तथा सङ्गीतकार सूर्य दयालुले थुप्रै आधुनिक गीत मार्फत स्रोतारदर्शकको मन जित्न सफल भएका छन् ।