गाउँपालिका र वडाकै मिलेमतोमा बालुवा उत्खनन्

नुवाकोट
संचार गृह/ मङ्लबार, साउन २८, २०७६

नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित कोल्पुखोलामा बालुवा निकाल्ने काम १ बर्षदेखी निरन्तर हुुदै आएको छ ।

बर्षायाम भन्दा अघि स्थानीय डाँडाँकाडाँमा स्काभेटर लगाएर बालुवा उत्खनन् गर्ने कार्य गरेको ठेकेदारहरुले बर्षायाम शुरु भएदेखी नै कोल्पु खोलाको ठाउँ ठाउँमा बालुवा उत्खनन् गरिरहेका छन् । पटक पटक प्रशासनले यसमा रोक लगाउन खोजेपनि अटेरी भएको स्थानीय प्रहरी प्रशासनले बताएका छन् ।

वडा अध्यक्षको दुई वटा स्कोभेटर छ । दुई वटा स्काभेटरले दिनको २० औं टिप बालुवा वडा अध्यक्षले निकाल्छन्, स्थानीयले बताए । यस्तै वडा अध्यक्ष नै यस्तो कार्यमा लागेपछि अरुले किन नगरोस् । वडा अध्यक्ष र गाउँपालिकाले कमिशनको चक्करमा लापरवाही गरेको आरोप स्थानीयहरुको छ ।

वडा अध्यक्ष चन्द्र बहादुर बलामीको २ वटा स्काभेटर सहित अहिले कोल्पु खोलामा ७०० मिटको बीचमा १० वटा भन्दा बढि स्काभेटर प्रयोग भईरहेको छ ।

५०० घरदुरी रहेको गाउँको स्थानीयहरु नुहाउन खोलामा जाने गर्दछन् । त्यहि क्रममा मानवीय क्षति हुने खालको घटनाहरु भएकोले तत्काल बालुवा उत्खनन् कार्य बन्द हुनुपर्ने स्थानीयहरुको माग रहेको छ ।