इपीएल क्रिकेटको चौथो संस्करण दुई महिना पछि सर्यो

काठमाडौं
संचार गृह/ मङ्लबार, साउन २८, २०७६

एभरेष्ट प्रिमिएर लिग इपीएल क्रिकेटको चौथो संस्करण दुई महिना पछाडि धकेलिएको छ ।

यसअघि मंसिर÷पुसमा हुँदै आएको लिगको चौथो संस्करण फागुन तेस्रो साताबाट सुरु हुने आयोजकले जनाएका थिए ।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा चौथो संस्करण फागुन १७ देखि चैत १ गतेसम्म चल्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले मान्यता दिएको प्रतियोगिताका लागि फ्रेन्चाइज टिमले आइकोनिक खेलाडीमा टेष्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नु पर्ने नियम बनाएको छ ।

प्रतियोगितामा यसपटक पनि ललितपुर प्याट्रियट्स, काठमाडौं किङ्स इलाभेन, चितवन टाइगर्स, भैरहवा ग्याडियटर्स, पोखरा राइनोज् र विराटनगर वारियर्स गरी ६ शहरका ६ फेन्चाइज टोली रहेका छन् । ललितपुर साविक विजेता हो ।