हङकङमा प्रदर्शन रोकिएन, सुपुर्दगी विधेयकको बिरोध

संचार गृह/ सोमवार, साउन २७, २०७६

विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै बिगत १० सातादेखि हङकङमा प्रदर्शन जारी छ । शुरुमा सुपुर्दगी बिधेयक खारेजीको माग गरिएपनि अहिले प्रदर्शनकारीहरुले लोकतन्त्रको माग गर्न थालेका छन् ।
हङकङमा जारी आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

हङकङको मुख्य शहरमा सवारी आवागमन रोक लगाइएको छ भने ब्यापार ब्यबसाय समेत ठप्प पारिएको छ ।
प्रर्दशनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको छ । विरोधले उग्र रुप लिएपनि हङकङको कार्यकारी प्रमुख क्यारी ल्यामले भने आन्दोलनकारीहरुको माग पूरा नहुने घोषणा गरेपछि आन्दोलन झन चर्र्र्किएको हो ।

प्रदर्शनका क्रममा भएको झडपमा कयौं आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भएको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेपछि दोहोरो झडप शुरु भएको हो ।