पीएसजीबाट निम्स पराजित, नेयमार उत्रिएनन् मैदानमा

काठमाडौं
संचार गृह/ सोमवार, साउन २७, २०७६

लिग वानको पहिलो खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले शानदार सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-० गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा ईडिन्सन काभानी, केलियन एम्बाप्पे र एन्जल डी मारियाले गोल गरेका थिए ।

काभानीले २४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर पारे ।

६९ औ मिनेटमा डी मारियाले गोल गर्दै क्लबको जित सुनिश्चित गरे । जितसंगै पीएसजीले पहिलो खेलमा स्पष्ट ३ अंंक जोडेको छ ।

क्लब छाड्ने मनसाय बनाएका नेयमार भने फ्रान्स लिगको पहिलो खेलमा मैदान उत्रिएनन् । एजेन्सी