ललितपुर महानगरपालिकाबाट बीउ विजनको एटीएम संचालन

ललितपुर
संचार गृह/ आइतवार, साउन २६, २०७६

ललितपुर महानगरपालिकाले बीउ विजनको एटीएम मेसिन संचालनमा ल्याएको छ । महानगरपालिकाले आफ्नो कार्यालय परिसरमा एटीएम मेसिन संचालनमा ल्याएको हो ।

एटीएम मेसिनको आइतबार एक समारोहबीच ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन र कृषि तथा पशुपन्छी बिकाश मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसिले संयुक्त रुपमा शुरुवात गरेका छन् ।

यो प्रबिधी नेपालका लागि पहिलो भएको र यस प्रबिधीबाट कृषकहरु लाभान्वित हुने सचिव जीसीले बताए ।

यस्तै, मेयर चिरिबाबु महर्जनले भने ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउने कार्यक्रम अनुसार यो प्रविधि भित्र्याइएको जानकारी दिए ।

विऊ एटीएमबाट कृषहरुले तरकारी तथा फलफूलको विऊ किन्न सक्नेछन् ।