नियमको कार्यान्वयन गराउन सांसद थापाबाट सभामुखको ध्यानाकर्षण

काठमाडौं
संचार गृह/ आइतवार, साउन २६, २०७६

सांसदका लागि लागू भएको नियम कार्यान्वयन गराउन माग गर्दै प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद गगन थापाले सभामुख कृष्ण बहादुर महराको ध्यानाकर्षण गराएका छन् ।

सांसद थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे नियमको कार्यान्वयन किन नभएको ? भन्दै सभामुखलाई प्रश्न गरे ।