संयुक्त आन्दोलनलाई शसक्त बनाउँछौं – साना दल

काठमाडौं
संचार गृह/ शनिबार, साउन २५, २०७६

मुलुकको धर्म र संस्कृतिको संरक्षणका लागि सरकारलाई दबाब दिन सुरु गरिएको संयुक्त आन्दोलनलाई शसक्त बनाउने विभिन्न साना राजनीतिक दलहरुले जनाएका छन् ।

आन्दोलनका औचित्यबारे शनिबार काठमाडौंमा अन्तक्रिया गर्दै संयुक्त राष्ट्रिय आन्दोलन गरेका वाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्ने आठ साना राजनीतिक दलहरूले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न आन्दोलनलाई शसक्त बनाउने जनाएका हुन् ।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु उनीहरुको भनाइ छ ।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको सो समूहमा सिपी मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (वीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका राजनीतिक दलहरू आबद्ध छन् ।

देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरूले संयुक्त आन्दोलन सुरु गरेको नेकपा मालेका महासचिव मैनालीले बताए ।

सो समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत र पुर्नस्थापना गर्न सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ ।