अशोक शर्माको फिल्म रातो टीका निधारमाको गीत सार्वजनिक ( भिडियोसहित)

काठमाडौं
संचार गृह/ बिहिबार, साउन २३, २०७६

कलाकार, निर्देशक एवं निर्माता अशोक शर्माको नयाँ फिल्म रातो टीका निधारमाको पहिलो गीत सार्वजनिक भएको छ ।

निर्माण टीमले बिहीबार मेरो माया के हो बोलको गीत सार्वजनिक गरेको हो । गीतमा नायिका साम्राज्ञी र डेब्यु नायक अंकित शर्मा फिचर्ड रहेका छन् । अंकित अशोक शर्माका पुत्र हुन् ।

गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको आवाज रहेको छ भने कल्याण सिंहको संगित र रवि मल्लको शब्द रहेको छ ।

गीतमा साम्राज्ञी र अंकित रोमाण्टिक मुडमा देखिएका छन् । गीतमा उनीहरु एक अर्काको प्रेममा मग्न देखिएका छन् ।

फिल्ममा नायिका नीता ढुंगाना रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्म दशैंमा रिलिज हुने बताइएको छ ।