पार्श्व गायनमा जम्दै गायिका नित्याशिवा

संचार गृह/ बुधबार, साउन २२, २०७६

सुनसरीको प्रकाशपुरबाट काठमाडौमा आएर पार्श्व गायनमा सक्रिय बन्दै गरेकी गायिका नित्याशिवाको चर्चा अहिले बढेको छ ।

बिधवा चलचित्रबाट पार्श्व गायन सुरु गरेकी नित्याशिवाको दुई गीति एल्बम चाहना मनको र मेरो दिलमा बजारमा आईसकेको छ ।

चलचित्र रथ, बिधवा, कन्फ्युज, दिलदार, गोरे, आरोप, सम्हाली राख है, सत्यम शिवम सुन्दरम्, लवजोन, मदहोस, गोरे र भरखरै काचुली चलचित्रमा आवाज दिएकी छिन् ।

हालै सार्वजनिक काचुली चलचित्रको तिमी साथ छौ र पो बोलको गीतले नित्यालाई फेरी चर्चाको शिखरमा पुर्याएको छ ।