प्रचण्डको नातिनीको गीतमा कार्टुन्ज क्रु

काठमाडौं
संचार गृह/ मङ्लबार, साउन २१, २०७६

‘कार्टुन्ज क्रु’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

स्मीता दाहालको नयाँ गीतमा ‘कार्टुन्ज क्रु’का सरोज र आश्मा देखिएका हुन् । ‘मायालु तिमी कता छौ’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ ।

दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् । सार्वजनिक भिडियो सेट लगाएर खिचिएको हो ।

जहाँ वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाईएको छ । भिडियो छायाँकनका क्रममा कार्टुन्ज क्रु की आश्मा विश्वकर्मा बहोस हुँदा करिब ५ घण्टा अस्पतालमा राख्नु परेको निर्देशक सरोज ओलीले जानकारी दिएका छन् ।

म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् ।

हेर्नुहोस् भिडियो –