परमात्म भक्तिबारे आफ्नो स्तर आफैँ जाच्ने सूत्र

सुरेन्द्रप्रसाद पौडयाल
संचार गृह/ शनिबार, साउन १८, २०७६

मान्छेले श्रद्धा, विश्वास एवं आस्था अभिव्यक्ति गर्ने माध्यम भक्ति हो । हुनतः श्रद्धावान एवं मान्यजनप्रति पनि
भक्ति दर्शाइन्छ । तथापि यहाँ परमात्म भक्तिको सन्दर्भ रहेको छ र त्यस्तो भक्तिको लक्षित अधिष्ठान पनि उनै हुन् । भगवत् भक्तिमा मुख्यतः शरणागत भाव नै हो । यस्तो भावले परमात्माउपर गरिएको भक्तिबाट चित्तका विकारीभाव हट्नमा सहयोग पुग्छ । चित्तको विकारीभाव हट्नु भनेको यसमा प्रशन्नता छाउनु हो । आत्मरति हुनु हो । यसो भए भक्ति परिपाक स्थितिमा पुग्छ । यस्तो परिपाक खालको भक्तिले तत्वज्ञान खुल्ने हुन्छ ।

उत्तम धर्म पालनाबाट प्रभु प्रशन्न गराउन मान्छेमा के कस्तो लक्षण उपयोग सिद्ध हुन्छ भन्नेमा श्रीमद्भावगवतले केही सूत्र बताएको छ ।

तत्वज्ञान खुल्नु् भनेको आफुबाट अज्ञानता हट्नु हो । अनि जीव जगत प्रकृति लगायत सांसारिक जन्जालयुक्त दुःखको रहस्य खुल्नु हो । त्यस्तो रहस्य खुल्नुको मतलव त्यसबाट उम्किने युक्ति जुट्नु हो । यसको लागि प्रथमतः प्रभू प्रशन्न हुनुपर्छ जसबाट भक्ति परिपाक हुनमा साथ मिलोस् । उत्तम धर्म पालनाबाट प्रभु प्रशन्न गराउन मान्छेमा के कस्तो लक्षण उपयोग सिद्ध हुन्छ भन्नेमा श्रीमद्भावगवतले केही सूत्र बताएको छ । पहिला ती सूत्र बुझ्नेतर्फ लागौं ।

त्यस्ता सूत्रहरुमा पहिलो सत् आचरण हो । त्यसैगरी प्राणीउपर दयाभाव अर्को लक्षण हो । त्यस्तै परमात्म सम्बन्धी कुनै पनि प्रकारको तपजन्य कार्य हो । यस्ता तपमा योग साधना, जप, पूजा पाठ, भगवत् गाथाको अध्ययन जस्ता अनेक कुरा पर्दछन् । त्यसैगरी चित्तको भित्री शुद्धि र शरीरको बाहिरी शुद्धि हुनु पर्छ । उचित अनुचितको विवेकद्धारा मन एवं इन्द्रियको संयम, अहिंसा, सहनशीलता जस्ता कुराहरु हुनुपर्छ । ब्रह्मचर्य अर्थात् परमात्म अनुकूल कार्य, त्यागको भावना, परमात्म विषयक कुराहरुको अध्ययन, सरल स्वभाव जस्ता गुणहरु पनि पर्दछन् ।

श्रवण भक्ति, भगवत् कीर्तन भक्ति, उनको नित्य स्मरण भक्ति, उनको महत्ताको गुनगान/उनीप्रति सेवाभावको भक्ति, पूजनभक्ति, नमस्कार र आत्मसमर्पण पर्दछन् ।

त्यसैगरी सन्तोष, महात्माजनप्रति श्रद्धाभाव, आसक्तियुक्त संसारी भोग चेष्टाबाट निवृत्ति पनि पर्दछन् । अभिमानजनित प्रयत्नको फल विपरीत नै मिल्छ भन्ने सोच, अनावस्यक कुरामा मौनता, आत्म चिन्तनमा निरन्तरता, प्राणीमा अन्न पानी आदिको यथायोग्य सेवा, उनीहरुमा देवात्मबुद्धिको भाव पनि प्रभू प्रशन्न गराउने तत्व हुन् । उपर्युक्तका अलावा नवधा भक्ति पनि हुनु पर्छ । नवधा भक्तिमा नौ किसिमको भक्ति पर्दछ । यसमा पहिलो दास्य भाव हो ।

मतलव, परमात्मा मालिक हुन् र आफु उनको सेवक हुँ भन्ने भावबाट गरिने भक्ति नै दास्यभाव हो । अर्को साख्यभाव हो । मतलव, आफ्नो जीवन स्फूर्तकारुपमा सदैव आफ्नो साथ (मतलव, जीवात्माको साथ) रहने साथीको भावले गरिने भक्ति नै साख्य भाव हो । त्यसैगरी उनका सम्वन्धमा अनेक गाथाहरु सुन्ने तरिका अपनाएर श्रवण भक्ति, भगवत् कीर्तन भक्ति, उनको नित्य स्मरण भक्ति, उनको महत्ताको गुनगान/उनीप्रति सेवाभावको भक्ति, पूजनभक्ति, नमस्कार र आत्मसमर्पण पर्दछन् ।१

परमात्माप्रति पूर्ण आस्था र श्रद्धा छ भने उनको भक्तिको लागि छुट्टै भौतिक साधनको समेत आवस्यक्ता मानिन्न । किनभने परमात्माले श्रद्धाको माध्यमबाट भक्तको भक्ति ग्रहण गर्ने हो । त्यस्तो स्थितिमा फुल वा पात वा फल वा जल मात्र पनि उनमा अर्पण गरिनु पर्याप्त मानिन्छ र परमात्माबाट ती श्रद्धामार्पmत ग्रहण हुन्छ ।२ अन्यथा विना श्रद्धाबाट गरिएका जस्तोसुकै यज्ञ, पूजन, तप, दान लगायतका कुराहरु परमात्मसम्म पुग्न सक्दैन ।३ अझ भन्ने हो भने कुनै पनि समयमा श्रद्धा भक्तिसाथ परमात्मामा निरन्तर मन स्थापित गरी कर्तव्य कर्ममा लाग्नु उच्च भक्ति हो ।४ यो स्मरण भक्तिमा पर्ने कुरा हो । यस अर्थमा कर्ता–भोक्तापन उनैमा समर्पित् हुनु नै सच्चा भक्ति हो । अब असली भक्तजनको लक्षण के कस्तो हुनुपर्छ भन्नेमा दृष्टान्त हेरौं ।

भक्तहरु चार प्रकारका हुन्छन् । पहिलो दुःख दर्दमा परेका वर्ग । दोश्रो तत्व जिज्ञाशु वर्ग । तेश्रो भौतिक धन सम्पति आर्जनको लालचामा परेका वर्ग । चौथो ज्ञानी वर्ग । ८ उक्त चारै खालका भक्त महान् मानिन्छन् तापनि ज्ञानीभक्तको स्तर भने केही उच्च मानिन्छ ।

यथार्थ भक्तजनमा न स्वर्गलोकको कामना रहन्छ न सार्वभौम साम्राज्य प्राप्तिको । त्यस्तै न ब्रह्मपद प्राप्तिको चाहना रहन्छ न पृथ्वीतलको आधिपत्यकै लक्ष रहन्छ । त्यस्ताहरु न योगको सिद्धिमा न असिद्धिमा मतलव राख्छन् । त्यस्तै न मोक्षको नै इच्छा राख्छन् । भनाईको मतलव, यथार्थ भक्तहरु स्वार्थरहित भई निष्कामभावमा तल्लिन् हुन्छन् ।

६ त्यस्ता भक्तहरु भगवत् भक्तिको प्रयोजनमा झकीझकाउ हाउभाउ, लगाई खवाई, उत्तम कुलको जन्म, सुन्दर आकृति, वाक् एवं बुद्धि चातुर्यतामा होइन, परमात्माप्रति श्रद्धा र विश्वासमा चित्त केन्द्रित गर्छन् । ७ अर्को कुरा सामान्यतः भक्तहरु चार प्रकारका हुन्छन् । पहिलो दुःख दर्दमा परेका वर्ग । दोश्रो तत्व जिज्ञाशु वर्ग । तेश्रो भौतिक धन सम्पति आर्जनको लालचामा परेका वर्ग । चौथो ज्ञानी वर्ग । ८ उक्त चारै खालका भक्त महान् मानिन्छन् तापनि ज्ञानीभक्तको स्तर भने केही उच्च मानिन्छ । किनभने ज्ञानी भक्त परमात्माकै स्वरुप हो ।९ जसरी भक्तको वर्गिकरण भयो त्यसैगरी श्रीमद्भागवत्ले भक्तको स्तरको वर्गिकरण पनि गरेको छ ।

सो वर्गिकरण अनुसार भगवानको मूर्ति आदि पूजामा श्रद्धासाथ प्रवृत्त हुने र त्यस्तो पूजनजन्य भक्तिलाई सर्वोपरी मानी प्रवृत्त हुनेहरुलाई साधारण भक्तको रुपमा लिइएको छ ।१० सो साधारण भक्तभन्दा माथि उत्तम भक्त पर्दछ । मतलव, प्रभु भक्तिमा तल्लीन रही शरीर, इन्द्रिय, मन बुद्धिको सांसारिक धर्म/मर्म लगायत जन्म–मरण, भय, तृष्णा र परिश्रम आदिबाट मोहित नहुनेहरु उत्तम भक्त मानिन्छन् ।

११ सो उत्तम भक्तभन्दा पनि माथि उच्च श्रेणीको भक्त पर्दछन् । यसमा इन्द्रियले विषय अपनाए तापनि त्यस्ता कुराको संयोग प्रभु शक्तिस्वरुप माया र यसको कार्य हो भन्ने भाववाट न त्यसप्रति द्वैष गर्छन् न त्यस्तो संयोगको अवसर मिल्दा प्रशन्न नै हुन्छन् भने त्यस्तो भक्त भगवत् भक्तिको दृष्टिमा उच्च श्रेणीको मानिएको छ ।१२ यसप्रकार सवैले आप्mनो परमात्म भक्ति कुन स्तरको हो र भगवत् भक्तिका हिसावले उच्च श्रेणीको भक्त हुन यसै सूत्रद्धारा आप्mनो भक्ति आपैmं जाँच गरी अगाडि बढ्न उपयुक्त हुनेछ । इति ।

द्रष्टव्यः यो प्रस्तुति परमात्म ज्ञानसंग सम्बन्धित भएकोले सेयर गरेर ज्ञानका कुरा फैलाउनुमा कल्याण हुनेछ ।

सन्दर्भाधार–१– श्रीमद्भागवत् २–५ श्रीमद्भगवद्गीता ६– ७ श्रीमद्भागवत् ८–९ श्रीमद्भगवद्गीता १०– १२ श्रीमद्भागवत्